कालकूटको प्रथम वार्षिक उत्सवमा चार कवी र चार गजलकार

  • प्रकाशित मितिः माघ 14, 2076
  • 76 पटक पढिएको
  • औजार संवाददाता

धरानको सक्रिय साहित्यिक  संस्था कालकूट  साहित्यिक मञ्च धरानले आफ्नो प्रथम वार्षिक उत्सव यही माघ १८ गते मनाउने भएको छ । नेपाली साहित्यको विकासमा समर्पित कालकुट साहित्यिक मञ्चले निरन्तर रुपमा आफ्नो साहित्यिक कार्यक्रमसँगसँगै साहित्यिक गतिविधिहरु गर्ने क्रममा आगामी माघ १८ गते धरानमा मनाउन लागिएको पहिलो वार्षिक उत्सवको अवसरमा यो पल्ट नेपाली साहित्यमा दख्खल राख्न सफल पूर्वका प्रख्यात ४ कवि तथा ४ गजलकारहरुको विशेष रचना वाचन गराउने भएको छ । ‘प्रथम वार्षिक उत्सव तथा ९ औं श्रृंखला’ नाम दिएको सो उत्सवमा कविहरु धनकुटाका मुकुन्द प्रयासधनकुटा, इटहरीका देवान किराती,धरानका सन्तोष थेवे , मोरङ युवा कवी प्रदिप योङहाङले मन छुने कविताहरु प्रस्तुत गर्नेछन् भने गजलकाहर्रु वराहाक्षेत्रका ज्ञानु राइ, मोरङका युवराज ठकुरी ‘अज्ञानी’ धनकुटाका अनन्त अनुराग र धरानका श्रेष्ठ परिक्रमाले आफ्ना सुन्दर गजलहरुका साथमा उपस्थित साहित्यप्रेमीहरुलाई मन्त्रमुग्ध बनाउनेछन् ।

यस अघि पनि मञ्चले पूर्वाञ्चलका लोकप्रिय १२ कविहरुलाई मञ्चन गरिसकेको छ । त्यो सँगै नयाँ पुस्ताहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ विभिन्न नव सर्जकहरुको रचना वाचनको श्रृंखलाहरु गर्दै आएको छ । गत माघे सक्रान्तिको अवसरमा तरुल साहित्यमा रचना वाचनको कार्यक्रमको आयोजना गरेर आफुलाई फरकपन संस्थाको रुपमा पनि स्थापित गराईसकेको छ । यो अगाडी तिहारको अवसरमा समेत साहित्यिक गोष्ठी सम्पन्न गरिसकेको छ । उल्लास र उमंगसँगै नेपाली साहित्यमा निरन्तरताको सन्देश दिन पनि यो वार्षिक उत्सवलाई भव्य रुपले मनाउन लागिएको मञ्चका सदस्य इन्दुनेपाल योञ्जनले बताए । साथमा साहित्यिमा बिल्कुलै नयाँ अनुहार देखिएकाहरुलाई कार्यक्रममार्फत हौसला प्रदान गर्ने उदेश्य समेत रहेको मञ्चका संरक्षक गोपाल श्रेष्ठले बताए ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए