साहित्कार देवान र रंगकर्मी दर्नाललाई सम्मान

  • प्रकाशित मितिः माघ 12, 2076
  • 98 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानका वरिष्ठ साहित्यकार एवम् पत्रकार गोपाल देवान र धरानकै रंगकर्मी एवम् गजलकार दिपेन्द्रसिंह दर्नाललाई सिन्धुलीमा सम्मान गरिएको छ ।
देवान र दर्नाललाई साहित्य एवम रंगकर्मको क्षेत्रमा योगदान पु¥याएवापत सम्मान गरिएको हो । शनिबार दुधौली प्रज्ञा प्रतिष्ठान दुधौली नगरपालिकाले एक कार्यक्रमका वीच सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालयका नेपाली केन्द्रिय विभाग प्रमुख प्रा.डा खगेन्द्र लुइटेलले सम्मान पत्रले सम्मान गरेका हुन्। सम्मानित हुने गोपाल देवान धरानमा रहेर पत्रकारिता,साहित्य,लेखन, नाटय जस्ता विधामा वर्षौदेखि सक्रिय छन् भने दर्नाल पनि रंगक्षेत्र एवम गजल लेखनमा सक्रिय हुँदै आएका छन् । भखरै मात्र पन्चायती निरंकुश शासनको विरुद्धको दमनको राप इटहरी प्रस्तुत गरिएको थियो। उतm नाटकको लेखन देवानले गरेका हुन भने मुख्य पात्रको रुपमा मुख्य अभिनय दर्नालले निभाएका थिए ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए