दलित नेताको सम्मानमा ब्याडमिन्टन प्रतियोगिता

  • प्रकाशित मितिः माघ 2, 2076
  • 509 पटक पढिएको
  • औजार संवाददाता

बच्चादेखि वृद्धसम्म र महिला पुरुष सबैले सहजै खेल्न सक्ने खेलको रुपमा रहेको छ ब्याडमिन्टन । त्यसो त ब्याडमिन्टन खेल्न न त ठूलो ठाउँको आवश्यकता पर्छ न त एक हुल खेलाडी जम्मा हुनुपर्छ । घरको आँगन, छत, बाटोको किनार, पार्क लगायत सानो ठाउँमा दुइजना मिलेर खेल्न सकिने खेल हो ब्याडमिन्टन । अहिले मानिस आ–आफ्नो व्यापार व्यवसायमा व्यस्त हुने, जागिर, पेशामा व्यस्त हुनेहरु शारिरिक व्यायम गर्नकालागि ब्याडमिन्टन खेल्ने गरेका छन् । ब्याडमिन्टनको लोप्रियता बढ्दै गइरहेको छ । ब्याडमिन्टन खेल्नकालागि सामान्य कोर्ट बनाउनेदेखि कबर्डहल बनाउने क्रम दिनदिनै बढिरहेको छ ।
यही माघ ७, ८ र ९ गते धरानमा प्रथम ‘भगत–सर्वजीत’ स्मृति प्रदेश नं. १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । एक नं. प्रदेशका ब्याडमिन्टन खेलाडीहरु सहभागी हुने प्रतियोगिता खुल्ला डबल्स र भेट्रान्स डबल्स तर्फ प्रतियोगिता हुँदैछ । ४५ वर्ष माथिकालाई भेट्रान्समा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको आयोजना धरान–१५ स्थित उज्यालो स्पोर्टिङ क्लबले गरेको हो । प्रतियोगितामा सहभागीता जनाउन खेलाडीहरुले माघ ६ गतेसम्म इन्ट्रि गरिसक्नुपर्ने छ । २ महिना अघि खेलकुदका गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको क्लबले पहिलो कार्यक्रम आयोजना गर्न लागेको हो । क्लबका अध्यक्ष गोविन्द विकसँग प्रतियोगिता सम्बन्धी गरिएको कुराकानीको अंश ।

प्रतियोगिताको तयारी कस्तो भइरहेको छ ?
प्रतियोगितको तयारी सुनसरी जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा खेलाडीलाई सहभागीताका निम्ति आह्वान गरिएको छ ।
साथै यस खेलको बारेमा पत्रकार सम्मेलन, प्रचारप्रसार, पम्प्लेट, पोष्टर र ब्यानरिङ मार्फत् व्यापक प्रचार प्रसार गरिएको छ । खेल हुने स्थान होलिल्याण्ड स्कुल धरान–१५ को ब्याडमिन्टन कोर्टलाई सम्पूर्ण रुपले तयारी गर्ने काम सम्पन्न भइसकेको छ । प्रायोजकहरुसँग सहकार्य गर्ने काम तिब्र रुपले भइरहेको छ भने आर्थिक संकलनका काम समेत तिब्र रुपमा भइरहेको छ ।

प्रतियोगितामा कहा“–कहा“का खेलाडी सहभागी छन् ? र कुन स्तरका खेलाडीहरु छन् ?
प्रतियोगितामा सहभागी खेलाडी प्रदेश भरी वा बाहिरबाट समेत आउन सक्छन् ।
भेट्रान र ओपन खेलाडीहरु नियमित रुपमा धरानका विभिन्न कोर्टमा ब्याटमिन्टन खेल्ने खेलाडीहरु छन् । सिनियरमा राष्ट्रिय खेलाडीदेखि प्रदेश च्याम्पियनसम्म छन् । धरानबाट राष्ट्रिय खेलाडी भएकाहरु सूर्य श्रेष्ठ, देवेन्द्र खड्का लगायत छन् भने प्रदेश च्याम्पियन सुजन श्रेष्ठको सहभागीता रहेको छ । प्रतियोगिता भेट्रान डबस्स र ओपन डबल्स तर्फ प्रतियोगिता सम्पन्न हुँदैछ ।

प्रतियोगिता गर्नुको उद्देश्य ?
युवाहरुलाई खेलकुद क्षेत्रमा सहभागीता बढाउनका निम्ति यस क्लबले खेलकुद गतिविधि आयोजना गर्न लागेको छ ।
धरान उपमहानगरपालिकालाई स्पोर्टस् सिटिको रुपमा प्रदेश सरकार स्थानीयले घोषाणा गरिरहदा यहाँ खेलकुद प्रतियोगिताहरु आयोजना हुन आवश्यक छ । यस ब्याटमिन्टन खेल प्रतियोगिताले धरानको स्पोर्टस् क्षेत्रमा विकास गर्नकालागि टेवा पु¥याउछ । ब्याटमिन्टन खेल सबैले खेल्न सक्ने खेल हो । बालबालिकादेखि पाका उमेरकाले ब्याटमिन्टन खेल्छन् । सबैको प्रिय खेल भएकोले पनि हामीले यसै खेललाई छनौट गरेका हौ ।

प्रतियोगिताको पुरस्कार के–के हुन्छन् ?
प्रतियोगिताको ओपन डबल्स तर्फ प्रथम हुनेलाई नगद ३५ हजार सहित ट्रफि प्रदान गरिनेछ ।
त्यस्तै दोस्रो हुनेलाई नगद १८ हजार र सेमिफाइनललिष्टलाई ९÷९ हजार प्रदान गरिनेछ । त्यस्तै भेट्रान डबल्स तर्फको विजेतालाई नगद २५ हजार, उपविजेतालाई १५ हजार र सेमिफाइनललिष्टलाई ७÷७ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागीलाई जोडिको एक हजार इन्ट्रि फि लिन्छौ ।
‘भगत सर्वजीत’ स्मृति प्रतियोगिता गर्दै हुनुहुन्छ ? उहा“को बारेमा प्रष्ट्याइदिनुस् न ।
भगत सर्वजीत विश्वकर्मा नेपालको पहिलो दलित नेता हुनुहुन्छ ।
करिब सय वर्ष अगाडि समान अधिकार माग्दै आन्दोलनमा उत्रिएका प्रथम दलित नेता हुनुहुन्छ उहाँ । उहाँको नाममा अहिले हुलाक टिकट समेत प्रकाशन भएको छ । राणाकालमा समाजमा रहेको भेदभाग र छुवाछुत विरुद्ध आर्थिक र साँस्कृतिक आन्दोलन त्यहि बेलमा गर्नुभएको थियो । सो क्रममा राणा शासकहरुले उहाँलाई जेलमा राखेर कठोर सजाय समेत दिएका थिए । बनारसबाट सँस्कृतमा स्नातक गरेका उनले दलित समुदायलाई शिक्षा र छुवाछुतलाई जीवनभर आफ्नो आन्दोलनको मुद्दा बनाएका विश्वकर्माले आरनको टुँडो भाँच्ने आन्दोलन चलाउनु भएको थियो ।
उहाँले बाग्लुङमा स्कुल खोलेको विश्वकर्मा प्रावि अहिले मावि भएको छ । उहाँकै सम्मानका निम्ति ब्याडमिन्टन प्रतियोगिता गर्न लागेका हौ ।

प्रतियोगिताले समाजमा के प्रभाव पार्ला ?
धरान खेलकुदको सहर हो । यहाँ फुटबलक र बास्केटबलका इभेन्ट बढि आयोजना हुन्छ तर फुटबलसँगसँगै अन्य खेल पनि धरानमा उत्तिकै लोकप्रिय छन् ।
ब्याडमिन्टन धरानमा धेरै जनाले खेल्छन् । प्रतियोगिताहरुको आयोजना बढ्ने हो भने धरान ब्याटमिन्टन खेलको केन्द्र हुन्छ । हुन त अहिले पनि ब्याडमिन्टन खेलमा धरानको उपस्थित एकदमै बलियो छ । यहाँ ब्याटमिन्टनका ४÷५ जना राष्ट्रिय खेलाडी छन् । त्यस्तै एमेच्योर खेलाडी पनि उस्तै प्रतिभावान् छन् ।

प्रतियोगितालाई क–कसले सहयोग गर्नुभएको छ ?
प्रतियोगितालाई सफलतापूर्वक रुपमा सम्पन्न गर्नकालागि व्यत्तिगत सहयोगी, संघ–संस्था, वडा कार्यालय लगायतले सहयोग गर्नुभएको छ ।
हामी व्यापारीक प्रतिष्ठानहरुमा पनि पुगेका छौ । आशा छ ब्याडमिन्टन प्रेमीहरुबाट हामीलाई सहयोग आउँछ ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए