रोकिएन सुनको अवैध बैकिङ कारोबार

  • प्रकाशित मितिः माघ 2, 2076
  • 398 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । सुनको कारोवारमा अवैध वैकिङ कारोबारमा इटहरीमा एक जना पक्राउ परेका छन् ।
सुन पसलबाट अबैधरुपमा वित्तिय कारोबार गरी सर्बसाधारणको लाखौं ठगी गरेको आरोपमा प्रहरीले श्री लक्ष्मी स्टोर्स(ज्वेलर्स) का संचालक विरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको बताएको छ ।प्रहरीले पसलको नाममा पास बुक नै बनाएर अबैध बैकिङ कारोबार गरेको आरोप छ ।विश्वकर्माले नेपाल राष्ट्र बैकबाट बैकिङ कारोबारको अनुमति नलिई श्री लक्ष्मी स्टोर्स(ज्वेलर्स) को नाममा पासबुक छपाएर वित्तिय कारोबार गरेका थिए ।

सर्वसाधारणहरुलाई बढी ब्याज दिन्छु भन्दै प्रलोभनमा पारेर ठगी गरेको उजुरी आएपछि विश्वकर्मालाई पक्राउ गरेको प्रहरी निरीक्षक एवं इटहरी प्रहरीका सुचना अधिकारी मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रहरीमा हालसम्म ४५ लाख ४ हजार बराबरको ठगी गरेको जाहेरी परेको छ ।जाहेरी परेपछि प्रहरीले सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर विश्वकर्मालाई काठमाण्डौस्थित बालजुबाट सोमबार पक्राउ गरेको थियो । उनलाई ठगी मुद्दामा म्याद थपको तयारी गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध विभिन्न १० जना व्यक्तिले ठगी गरेको उजुरी दिएका थिए । उजुरी दिनेहरुमा सालिकराम कट्टवालले २ लाख ३७ हजार, तारा कट्टवालले ५ लाख ५० हजार, कमला दाहालले १० लाख, तुलसी प्रसाद घिमिरेले ३ लाख र रमला लुईटेलले ३ लाख ९९ हजार ठगीएको जनाएका छन् ।यस्तै, गोपाल राईले २ लाख, रंञ्जना निरौलाले ५ लाख, यशोदा दाहालले ६ लाख ५० हजार, सीतादेवी पोख्रेलले ५ लाख र हिरा ठाकुर १ लाख ६८ हजार ठगिएको उजुरीमा उल्लेख गरेका छन् । विश्वकर्माबाट अन्य पनि ठगीएको हुनसक्ने भएकोले सम्पर्क गर्न प्रहरीले सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ