धरानको प्रतिनिधित्व गर्दै सामपरी मिस ग्ल्याम नेपालमा

  • प्रकाशित मितिः पुष 24, 2076
  • 1025 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानको प्रतिनिधित्व गर्दै सम्झना परियार (सामपरी) मिस ग्ल्याम नेपालको फाइनल प्रतिपर्धामा पुगेकी छन् ।
आरोमा इन्टरटेनमेन्टको आयोजनामा हुने मिस ग्ल्याममा १८ वर्षदेखि २८ वर्षसम्मका अविवाहित किशोरीहरु प्रतिष्पर्धा गर्दैछन् ।

हेयर स्टाइलमा जम्दै सामपरी


मिस ग्ल्याम नेपालको फाइनल प्रतिष्पर्धामा १३ जना रहेका छन् । प्रतियोगिताको विजेताले मिस ग्ल्याम वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न पाउने अवसर पाउनेछन् । त्यसको अलावा विजेताले एक लाख नगद सहित क्राउन र ट्रफीसँगै म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर समेत पाउने आयोजकले जानकारी दिएको छ ।
धरानको पुतली लाइनमा सामपरी ब्युटि स्यालोन एण्ड स्पा सञ्चालन गर्दै आएकी सामपरी विभिन्न स्थानमा हुने फेशन शोमा सहभागी भइसकेकी छिन् । उनी पछिल्लो समय मोडलिङमा आफ्नो करिअर खोज्दै मिस ग्ल्याम नेपाल पुगेकी हुन् । नेपालमा पहिलो पटक हुन लागेको मिस ग्ल्याम नेपालका फाइनल प्रतिष्पर्धीहरु अहिले काठमाडौमा विभिन्न विषयमा ट्रेनिङ लिइरहेका छन् । धरानको प्रतिनिधित्व गरेर मिस ग्ल्याम नेपालमा सहभागी हुन पाउँदा खुसी लागेको सामपरीले बताएकी छन् ।

 

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे