‘दबंग -३’ का भिलेन किच्चा सुदिपलाई सलमानले दिए 'बीएमडब्ल्यू' उपहार

  • प्रकाशित मितिः पुष 24, 2076
  • 261 पटक पढिएको
  • औजार संवाददाता

बलिउड सुपरस्टार सलमान खानले ‘दबंग –३’ का भिलेन किच्चा सुदिपलाई डेढ करोडको गाडी उपहार दिएका छन् । सलमानले दबंग फ्रेन्चाइजीको तेस्रो फिल्मको सफलतापछि खलनायकको भूमिका निभाएका सुदिपलाई १.५४ करोडको बीएमडब्ल्यू कार उपहार दिएका हुन् ।


सुदिपले सलमान खानसँगै नयाँ कारको पनि तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘भारतका स्टारसँग काम गर्न पाउनु निकै ठूलो सम्मानको कुरा हो ।’ उनले क्याप्सनमा अगाडि लेखेका छन्, ‘जब तपाईं राम्रो काम गर्नुहुन्छ तब तपाईंलाई पनि राम्रो नै हुन्छ । सलमान सरले मलाई यो पंक्तिमाथि भरोसा गर्न सिकाइदिनुभयो । जब यो ‘सरप्राइज’ उहाँसँगै मेरो अगाडि थियो ।’

kichu
उनले अगाडि लेखेका छन्, ‘बीएमडब्ल्यू एम ५... एउटा माया । तपाईंले जुन माया मलाई र मेरो परिवारलाई दिनुभयो त्यसको लागि धन्यवाद ।

-एजेन्सी

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे