'युभेन्ट्सको जितमा रोनाल्डोको ह्याट्रिक'

  • प्रकाशित मितिः पुष 22, 2076
  • 145 पटक पढिएको
  • औजार संवाददाता

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सले सिरी ए फुटलमा सहज जित निकालको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले कालझ्यारीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले ह्याट्रिक गरे । खेलको ४९ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

६७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । ८१ औँ मिनेटमा गोन्जालो हिगुइनले गोल गर्दै युभनेन्ट्सको अग्रता ३–० मा ल्याए । त्यसको एक मिनेट पछि रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

जितसँगै युभेन्ट्स १८ खेलबाट ४५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको इन्टर मिलानको बराबरी अंक भए पनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

पराजित कालझ्यारी २९ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए