एसईई स्टेट १ आइडलको दोस्रो संस्करण चैतमा

  • प्रकाशित मितिः पुष 21, 2076
  • 425 पटक पढिएको
  • औजार संवाददाता

धरान । फक्ताङलुङ अनलाइन टिभिले आयोजना गर्ने एसईई स्टेट १ आइडलको सिजन २ आगामी चैत्रदेखि हुने भएको छ ।
एसईई दिएर बसेका विद्यार्थीहरुको सहभागीता हुने आइडलमा एक नं. प्रदेशका विद्यार्थीहरुको सहभागीता हुने गर्दछ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै टिभिका अध्यक्ष डम्बरकुमार तुम्बापोले संगितलाई शिक्षासँग जोड्नका लागी आइडलले पुलको काम गर्ने बताए । उलने गतवर्ष सिजन १ को अपार सफलता पछि सिजन २ गर्न बेलैदेखि तयारीमा लागिएको बताए । चैतको दोस्रो सातामा धनकुटाबाट सुरु हुने आइडलको अडिन एक नं. प्रदेशका मुख्य मुख्य सहरमा हुनेछ । आइडलको उत्कृष्ट १० लाई प्लस टु पढ्दा छात्रावृत्तिको व्यवस्था गरिने उनले बताए । आइडलको विजेताले नगद ५० हजार, एउटा गीत रेकर्ड गर्ने अवसर लगायतको पुरस्कार जित्नेछ भने फस्ट रनरअपले नगद ३० हजार सहित विविध गिफ्ह्याम्पर जित्नेचन् । त्यस्तै सेकेण्ड रनरअपले नगद २० हजार सहित विविध गिफ्ट ह्याम्पर जित्ने आयोजकले जानकारी दिएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे