‘म पनि के कम’ सिजन १ को उपाधि विजयपुर स्कुलका सालिनलाई

  • प्रकाशित मितिः पुष 18, 2076
  • 266 पटक पढिएको
  • औजार संवाददाता

धरान । म पनि के कम एकल अन्तर विद्यालय गायन प्रतियोगिता सिजन १ को विजेता विजयपुर स्कुलका सालिन श्रेष्ठ बनेका छन् ।
बिहिबार धरान ८ सभागृहमा आयोजित प्रतियोगिताको फाईनलबाट उनि विजेता घोषणा भएका हुन् । विजेता घोषणा भएसंगै उनले एकवटा गित रेकर्ड गर्ने अवसर, नगद २५ हजार, गिटार, ट्रफी र सर्टिफिकेट प्राप्त गरेका छन् ।

डिपो स्कुलबाट सहभागि बनेका अरुण राई दोस्रो बनेका छन् भने डिपो स्कुलकै मेघा राई तेस्रो बन्न सफल बनेकी छन् । दोस्रो हुनेले नगद १५ हजार ट्रफी, सर्टिफिकेट, गिफ्ट ह्याम्पर र तेस्रो हुनेले नगद १० हजार ट्रफी, प्रमाण–पत्र, मस्ट प्रँोगेसिभ टाईटल हासिल गरेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्र बस्नेतले पुरस्कार प्रदान गरेका थिए ।

विद्यालय स्तरका विद्यार्थिहरुमा रहेको गायन प्रतिभाको उजाँगर गर्ने उदेश्यले सो प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक हर्क तामाङले बताएका छन् ।
उनका अनुसार हाल सम्पन्न प्रतियोगितालाई निरन्तरता दिदै अर्को सँस्करणको तयारीमा समेत लाग्ने उनले जानकारी गराएका छन् । कार्यक्रमको विशेष अतिथिहरुमा औजार प्रकाशन प्रालिका अध्यक्ष मोतिराज सुनुवार, सागर सिजालि, मनिता चाम्लिङ रहेका थिए ।
आयोजित कार्यक्रमा विद्यालयका प्रध्यापकहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रलम सञ्चालन इक्शा लिम्बूले गरेका थिए ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे