तिनजुरेमा मकालुको दृश्यावलोकन संगै हिउँमा खेल्नेको घुईचो

  • प्रकाशित मितिः पुष 17, 2076
  • 1266 पटक पढिएको
  • दिपेश राइ

पुर्वको बढीजसो मानिसहरु हिउँको मजा लिन बसन्तपुरको तिनजुरे पुग्ने गरेका छन । अहिले याँहा घुम्न आउने मानिसहरुको खचाखच हुने गर्दछ । हिउँको मजा लिन मात्र नभएर याँहा रहेको पाथिभरा माता मन्दिरको दर्शन गर्न आउनेहरुको पनि बाक्लो मास देखिन्छ । याँहाको हिउलाई खेल्न र रमाउनको लागि मात्रै नभएर हिउँ पाथिभराको रुपमा पनि यसलाई मानिन्छ । हिउँ खेल्न नरुचाउने कमै भेटिन्छन । हिउँदमा पुर्वका अधिकांस मानिस हिउँ खेल्नलाई यहाँ आईपुग्छन । याँहा हिउसङ्ग खेल्ने र फोटो खिच्नेहरुको धेरै ठूलो लस्कर लाग्ने गर्दछ । तेह्रथुम जिल्लाको लालिगँुरास नगरपालिका र संखुवासभाको सङ्गमस्थलमा रहेको छ बसन्तपुर तिनजुरे । यस क्षेत्रमा आकर्षक पर्यटकिय स्थलहरु बढि नै पर्दछन । थप पर्यटकिय गन्तव्यहरु बन्ने सम्भावना समेत रहेको छ । यो ठाउँमा आन्तरिक पर्यटक र वाहय पर्यटकहरुको बर्षेनी ठूलो घुईचो लाग्ने गर्छ । बर्षेनी ५ लाख बढि आन्तरिक तथा बाहय पर्यटकहरु र पाथिभरा माता मन्दिरमा पुजा गर्न आउने भत्तजनहरु आउने गरेको स्थानिय दिल बहादुर सुबेदिले बताएका छन ।

अवलोकन पर्यटन , बनभोज र पाथिभ।ाको दर्शनको लाँगि यहा पुर्वदेखि पश्चिम महाकालिका मानिसहरु आउने गर्छन । विभिन्न बिधालय र क्याम्पसबाट शैक्षिक भ्रमण र अवलोकनको लागि पनि यहाँ ल्याउने गरेका छन । नेपाल अधिराज्यभरिको मात्र नभएर बाहय पर्यटकहरु र भत्तजनहरु समेत पाथिभराको दर्शन गर्न आउने गरेका छन । बिशेषगरी छिमेकी राष्ट्र भारतबाट पनि यहाँ धार्मिक आस्थाले आउने गरेका छन । साथमा यहाँको मनोरम दृश्य अवलोकन गर्न पनि आउने गरेका छन । तेह्रथुम र संखुवासभाको बिचमा पर्ने बसन्तपुर तिनजुरेमा पाथिभरा मन्दिर,बसन्तपुर,डुटेदेउली,ढुडपानी,धुरविसे,पाचपोखरी तिनजुरे चौकी गुफा टिएमजे लगायतका क्षेत्रहरु पर्दछन । यहाँ बिशेषगरि पुस महिनादेखी फाँगुन सम्म हिउँ पाथिभराको दर्शन गर्न र हिउँमा रमाउनको लागि अक्सर मानिसहरु आउने गर्छन । फागुनदेखी बैशाखसम्म लालिँगुरास फुलेको हेर्न र लालिगुरासको सौन्दर्यको तृष्णा मेटाउन पनि आउने गर्दछ्न । तिनमहिना सम्म सो क्षेत्रमा धकमक्क फुलेको लालिगुँरासले पुरै डाडाकाडा हरिभरा देखिन्छ । यो महिनामा पनि उत्तिकै घुम्न आउने पर्यटकहरुको बाक्लो उपस्थिती हुने गर्दछ । हिउँद महिनामा यस क्षेत्रमा हिउ पर्ने भएकोले अधिकांस मानिसहरु यसलाई हेर्न पनि आउने गर्दछन । यहाँ यायातात सवारीहरु सजिलै पुग्ने र पुर्व लगायतका सबै क्षेत्रलाई नजिक हुने र एक विशेषतता रहेको क्षेत्र भएकोले पनि प्रायले यस क्षेत्रलाई रुचाउछन ।

पाथिभराबाट संन्सारकै होचो तथा अग्ला स्थानहरु सजिलै देख्न सकिन्छ । मकालु,कुम्भकर्ण हिमाल,ताप्लेजुङ,भोजपुरको टेम्के डाडा,धनकुटाको पाख्रिबास,तेह्रथुम मोडे, सनिश्चरे,चैनपुर खादबारी,सन्सारको सबैभन्दा होचो स्थानमा रहेको टुम्लिङटार,किमाथांका नाका र ताप्लेजुङको ठूलो पाथिभरा समेत यँहाबाट हेर्न सकिन्छ । पाँचथरको सबैजसो भुभाग यहाबाट हेर्न सकिनेछ । ताप्लेजुङको पाथिभरा मन्दिर जस्तै यो बसन्तपुर तिनजुरेमा रहेको पाथिभराको उत्तिकै आस्था र मान्यता रहेको छ । ठूलो पाथिभराकै जस्तो पुजा हुने गरेको स्थानिय दिलबहादुर सुबेदिले बताए । उनका अनुसार धुरबिसे बजारदेखी पाथिभरा माताको मन्दिरसम्म जान २८० वटा ढुङ्गाले बनाएका सिढी चढेर जानुपर्दछ । धेरै लामो सिढिको यात्रापछि मात्र पाथिभरा माताको मन्दिरमा पुग्न सकिनेछ । धुरबिशे बजारदेखी सुरु हुने प्रत्येक सिढिहरुमा भत्तजनले राखेका धागोका लाछाहरु ताङ्गिएका छन । ती सबै धागोका लाछाहरु केही आस्था र बिश्वासले बाध्ने गरेको स्थानी सुवेदिले बताए ।

यो मन्दिरमा सबै देवि देवताको पँुजा हुने गर्दछ । यँहा परेवा,राँगा,बोका,कुखुरा समेतको पुजा हुने गरेको छ । यस मन्दिरमा पुजा गर्नाले सबैखाले समस्या समाधान हुने बिश्वास रहदै आएको छ । सबै दुखहरणको लागि पाथिभराको दर्शन गर्ने गरिएको उनले बताए । कुनै पनि काम सफल होस् भनेर पनि याँहा पुजा गर्ने गरिएको छ र सन्तान नहुने ,श्री सम्पती नभएका धेरै दुखकष्ट जीवन जिईरहेका मानिसहरुले याँहा पुजा गर्दा सबै समस्या समाधान हुने बिश्वास रहदै आएको र कतिपयको भाकल सफल रहेको समेत उनले बताए ।

 

IMG20191228104558 IMG20191228111338 IMG20191228103652 IMG20191228110053 IMG20191228105241


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्