'सर्बियाली अभिनेत्रीसँग भारतीय क्रिकेटर हार्दिक पाण्डेयको इनगेजमेन्ट'

  • प्रकाशित मितिः पुष 17, 2076
  • 1204 पटक पढिएको
  • औजार संवाददाता

पुष १७ – भारतीय क्रिकेटर हार्दिक पाण्डेयले इनगेजमेन्ट गरेका छन् । भारतीय टिमका अलराउण्डर हार्दिकले सर्बियाली अभिनेत्रीसँग इनगेजमेन्ट गरेका हुन् ।

उनले नयाँ वर्षको पहिलो दिन बुधबार इन्स्टाग्राममा दुई पोस्ट गरेर आफ्नो इनगेजमेन्टको पुष्टि गरेका हुन् ।

हार्दिकले सर्बियाली अभिनेत्री नताशा स्टेनकोविकसँग इनजेजमेन्ट गरेका हुन् । नताशाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा हार्दिकले विवाहका लागि गरेको प्रस्तावको भिडियो पोस्ट गरेकी छन् ।

हार्दिकले नयाँ वर्षको अवसरमा गरेको पहिलो पोस्टमा नताशासँगको तस्बिर राखेर ‘स्टार्टिङ्ग द यअर विथ माई फायरवर्क’ लेखेका थिए । त्यसपछि उनले नताशालाई औँठी लगाइदिएको तथा विवाहका लागि गरेको प्रस्तावका केही तस्बिर र भिडियो पोस्ट गरेका हुन् । सो पोस्टमा उनले लेखेका छन्, ‘मैं तेरा, तू मेरी जाने, सारा हिन्दुस्तान’ लेखेका थिए ।

सर्बियाली नागरिक नताशा भारतीय चलचित्र उद्योगमा सक्रिय छन् र हाल मुम्बईमा बस्दै आएकी छन् । उनी मोडल तथा डान्सर पनि हुन् ।
२७ वर्षकी नताशाले सन् २०१४ मा आएको प्रकाश झाको चलचित्र सत्याग्रहबाट करिअर सुरु गरेकी थिइन् । सो चलचित्रमा उनले एउटा आइटम गीतमा नाचेकी थिइन् ।

त्यसपछि उनी एक्शन ज्याक्सन, फुकरे रिटन्र्स, ड्याडी, जिरो र यारमसहितका चलचित्रमा काम गरेकी छन् । हालै उनी इमरान हाशमी र ऋषि कपूर अभिनित चलचित्र द बडीमा पनि देखिएकी थिइन् । यस्तै उनी सन् २०१४ मा बिग बोस तथा सन् २०१९ मा नच बलिएमा सहभागी भएकी थिइन् ।

हार्दिकलाई भारतीय टिमका कप्तान विराट कोहलीले इनगेजमेन्टका लागि बधाई दिएका छन् । यस्तै साथी खेलाडी कुलदीप यादवले पनि शुभकामना दिएका छन् । २६ वर्षका हार्दिक अहिले कम्मरको चोका कारण भारतीय क्रिकेट टिमबाट बाहिर छन् ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे