५ सय ८३ विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण

  • प्रकाशित मितिः पुष 16, 2076
  • 218 पटक पढिएको
  • औजार संवाददाता

धरान । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ मा रहेको ज्योती माविमा एक कार्यक्रम आयोजना गरी विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।
ज्योती मावि राजापानीमा भएको कार्यक्रममा खोटाङका नौ विद्यालयका ५ सय ८३ विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरिएको थियो ।

कार्यक्रममा ज्याती मावि, चम्पावती प्रावि भानपुर, जालपा प्रावि मापाचुली, कालिका प्रावि वडका, नवज्योती प्रावि निभारे, जलकन्या प्रावि पुरानो गाउ, सरस्वती प्रावि साधने, कालिका प्रावि ओखरबोटे र भिमकला प्रावि थुम्कीका विद्यार्थीहरुलाई कपडा प्रदान गरिएको हो ।

सेवक अभियान धरानको अगुवाईमा भएको कार्यक्रममा ज्योती माविका पूर्व विद्यार्थीहरु चित्रकुमार राई, जीवन कुमार रोक्का, गोविन्द खड्का र भोजपुर पानधारेका योगराज दंगाल लगायतले स्विटर उपलब्ध गराएका थिए । सेवक अभियानले यस अघि धनकुटाको चौबिसे गाउपालिका अठारसयमा ४ सय १५ र मोरङको जेफालेमा ४० जना विद्यार्थीलाई स्विटर वितरण गरिसकेको छ ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व