अन्यौलमा धरान खानेपानी

  • प्रकाशित मितिः पुष 16, 2076
  • 832 पटक पढिएको
  • औजार संवाददाता

धरान । एकिकृत शहरी विकास आयोजना अन्र्तगतको ‘धरान खानेपानी आयोजना’ अन्तिम समयमा आएर अन्यौल वनेको छ ।
निर्माण सम्पन्न गर्नको लागि दोश्रो पटक थप गरिएको समय अवधिमा पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा आयोजना नै अन्योैल भएको हो ।दोश्रो चरण गरेको सम्झैता मंगलबार सकिएको सुनसरी उद्योग वाणिज्य संघको सभा लहमा आयोजना गरिएको सर्वपक्षीय भेलामा धरान खानेपानी आयोजनाका प्रमुख राजु् पोख्रेलले जानकारी दिएका छन् ।आयोजनाको प्रगति विवरणबारे जानकारी दिँदै पोख्रेलले भने,‘सम्झौता आज सकियो,आज अन्तिम दिन हो,आयोजनाको निर्माणको काम करिव–करिव सकियो तर अव व्यवस्थापन काम भने वाँकी नै छ ।’तर आयोजना अझै पुर्ण भएको छैन् ।तत्कालिन धरान नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १९ वडाका वासिन्दाको लागि भनेर एसियाली विकास वैंक र धरान नगरपालिकाको संयुतm आयोजनामा धरान खानेपानी आयोजना शुरु गरिएको थियो ।

तोकिएको समय सन् २०१७ मा पनि आयोजना सम्पन्न हुन नसकेपछि पुनः सम्झौता गरिएको थियो । आयोजना शुरु हुनु अघि विरोध र भुकम्प जस्ता विविध कारणले दोश्रो पटक ठेकेदार कम्पनीसँग सम्झौता गरिएको हो । सर्वपक्षीय भेलामा आयोजना प्रमुख पोख्रेलले अहिले सम्म रेल्वे र पिण्डेश्वर वेलबाट मात्रै चलेको छ,बाँकी सुम्निमा,फुस्रे र विजयपुरको भने सन्चालन हुन सकेको छैन ।उनले भने,‘अवको विकल्प भने खानेपानी संस्थान र बोर्ड मिलेर अघि वढ्नु पर्छ,नत्र सकिदैंन ।’यदि होइन भने ठेकेदार कम्पनीसँग फेरी समन्वय गर्न जरुरी रहेको छ । निर्माणको काम सकिएको भएपनि व्यवस्थापनको केही अवयवहरु वाँकी नेै छन् आयोजना प्रमुख पोख्रेलले भने ।’खानेपानी आयोजनाले निर्माणको काम सम्पन्न गरेको दावी गरेको भएपनि आम उपभोतालाई झुक्याएको भन्दै सर्वपक्षीय भेलामा सहभागिहरुले आक्रोस पोखेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार महेश श्रेष्ठले आयोजना प्रति जिज्ञासा राख्दै आयुडिपीको खानेपानी जहाँ वितरण गरिएको छ,त्यहाँका उपभोताहरुले वालुवा र लेउ मिसिएको पानी खानु वाध्य भएकाले शुद्ध पानी नभएको वताए ।उनले भने,‘कुम्भी आहालबाट वितरण गरिएको खानेपानीमा वालुवा आउँछ,तिनकुनेको जंगलबाट झिकिएको पानीमा लेउ आउने गरेको छ।’श्रेष्ठले खानेपानी संस्थानको पनि चर्को विरोध गरेका छन् । उनले भने,‘संस्थान कुशल व्यवस्थापन हैन,त्यसको प्रतक्ष्य उदाहरण कार्यालय गएर हेर्ने हो भने प्रष्ट हुनेछ ।’खानेपानी संस्थानका कर्मचारीले टेवल मुनिबाट कमाई खाने भाँडो वनाएको समेत आरोप लगाएका छन् । आयुडिपीको आयु लम्वाएर भएपनि आयोजना सफल वनाउन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । उनले भने,‘आयोजना सफल वनाउनै पर्छ, जिम्मेवारीबाट पन्छिनु मिल्दैन्।’कार्यक्रममा धरान १८ का हर्क साम्पाङले सर्व पक्षीय भेला भनिएपनि खानेपानी संस्थान र आयोजना वोर्डको घोषणा सभा भएको आरोप लगाएका छन् । उनले भने,‘आयोजनाको सम्पुर्ण हिसाव किताव सार्वजनिक गर्नु पर्ने र संस्थानसँग मिलेर आयोजना पुरा गर्ने छौ भनेर भन्न मिल्दैन ।’राईले खानेपानी आयोजनाका कारण सडक तथा बाटो लथालिङ समेत भएकाले यसको जिम्मेवार कस्ले लिने हो भनेर प्रश्न राखेका छन् ।अर्का सहभागि धनकुमार राईले भने खानेपानी आयोजना पुर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । उनले भने,‘आयोजना असफल भयो,अव खानेपानी संस्थान रहनु पर्छ,यदि त्यसो हुन सकेन भने धरान उपमहानगरपालिकामा आन्दोलन समेत गर्नेछौ।’भेलामा जिज्ञासा राख्नेहरुले खानेपानी संस्थान विगत पन्चायतकालदेखिको भएकाले त्यसैको मातहतबाट जानु पर्ने भन्ने राखेका थिए भने खानेपानी बोर्ड मार्फत नै परियोजना निर्माण सम्पन्न गरेर धरानको खानेपानीको समस्या समाधान गर्नु पर्ने सुझाव दिएका थिए ।नव निर्वाचित मेयर तिलक राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उद्धेश्य माथि प्रकाश पार्दै खानेपानी आयोजना धरानको पहिलो प्राथमिकता भएकाले सर्वपक्षिय भेलाबाट सुझाव र सल्लाहको लागि भेला आयोजना गरिएको वताए ।

उनले भने,आयोजनाको सम्झौताको समय अवधि सकिएको छ, अव कसरी जाने हो भन्ने विषयमा सवैसँगको राय,सल्लाह लिएर अघि वढ्नेछौ।’ कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी,सरोकार राख्ने संघ सस्था एवम् उपभोता तथा २० वटाका वडाध्यक्षहरुको पनि सहभागिता रहको थियो ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व