'रोनाल्डोसँग सम्झौता नवीकरण गर्दै युभेन्टस'

  • प्रकाशित मितिः पुष 16, 2076
  • 112 पटक पढिएको
  • औजार संवाददाता

इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले आधुनिक फुटबलका स्टार फरवार्ड पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने प्रयास गरेको छ । उनको सम्झौता २०२१ सम्म रहेपनि युभेन्टसले रोनाल्डोसँगको सम्झौता अवधि अझै ३ वर्ष थप गर्ने तयारी थालेको हो ।

लामो समय स्पेनिस क्लब रियल मड्रिडमा रहेका रोनाल्डो २०१८ मा युभेन्टस पुगेका थिए । रियलका सर्वाधिक गोलकर्ता रहेका ३४ वर्षे रोनाल्डोमा खेल्ने क्षमता अझै रहेको भन्दै क्लबले सम्झौता थप्ने तयारी गरेको हो ।

दुवईमा एक साताअघि दुवई ग्लोवो सकर अवार्ड जितेपछि उनका एजेन्ट जर्ज मेन्डिस र युभेन्टसका स्पोर्टिङ डाइरेक्टर पाराटिसीबीच सम्झौता नवीकरणको विषयमा छलफल भएको थियो । उनलाई ३० मिलियन पाउन्डमा ३ वर्ष सम्झौता थप्ने तयारी भइरहेको र यस विषयमा रोनाल्डोले पनि सकरात्मक रहने विश्वास लिइएको छ । क्लबका अध्यक्ष एन्ड्रिय एंगेली रोनाल्डोलाई छिटोभन्दा छिटो सम्झौता नवीकरण गर्ने प्रयासमा छन् ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए