कृष्णदास बलात्कार प्रकरण अन्ततः तीन लाख धरौटीमा रिहा

  • प्रकाशित मितिः पुष 15, 2076
  • 184 पटक पढिएको
  • जयकष्ण यादव

इनरुवा । आफ्नै अनुयायी माथी बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई सुनसरी जिल्ला अदालत इनरुवाले तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रहरीको नियन्त्रणमा तर अस्पतालमा २७ दिन विताएका सिद्धबाबालाई सुनसरी जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीको छाड्न आदेश दिएको हो ।पक्ष र विपक्षका १४ जना अधिवक्ताहरुको थुनछेक बहस पछि सिद्धबाबालाई धरौटीमा छाड्ने आदेश दिएको र धरौटि बुझाएपछि उनी रिहा भएको अदालतका श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताए ।पीडित भनिएकी महिलाको आरोप सहितको कार्तिक ४ गते उजुरी दर्ता पछि जिल्ला प्रहरी कार्यालय सुनसरीले बाबालाई मङ्सिर १६ गते पक्राउ गरेको थियो । गिरीलाई प्रहरीले बिराट नरसिङ होमबाट एम्बुलेन्समा राखेर सुनसरी जिल्ला अदालत ल्याएको थियो ।

इजलाशमा बहस चलिरहदा अदालत परिसर बाहिर गिरीका अनुयायीहरूले रामनाम भजन गरिरहेका थिए भने अधिकारकर्मीहरुले कार्वाहीको माग गर्दै नाराबाजी गरेका थिए । शुक्रबारदेखि सोमबारसम्म लगातर रुपमा पक्ष र विपक्षमा नाराबाजी भएको थियो । रिहा पछि उनलाई एम्बुलेन्समा बिराटनगरको अस्पताल नै उपचारको लागि लगिएको छ । जिल्ला अदालतले माघ ५ गतेको तारिख दिएको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

जिल्ला अदालतले सिद्धबावालाई पहिलो पटक ७ दिन ,दोश्रो पटक ४ दिन, तेस्रो पटक ३ दिन,चोथौ पटक ७ दिन र पाँचौ पटक ३ दिनको म्याद थपिएको थियो । सुनसरी जिल्ला अदालत इनरुवामा सरकारी वकिल र अधिवक्ताहरुको बयान र .थुनछेक बहस सकिएपछि सोमवार जिल्ला न्यायधिश उप्रेतीले रिहा गर्न आदेश दिएको हो । सिद्दबाबालाई रिहाको आदेशपछि महिला अधिकार कर्मीहरुले जिल्ला अदालतको मुलगेटमा नाराबाजी गर्दै जिल्ला अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । सरकारी वकिलका तर्पmबाट जिल्ला न्याधिवक्ता गोकुल निरौला,नवराज विष्ट,रेवति सुवेदी,अनिल रेग्मी, अनन्त न्यौपाने र रेनुका राई ६ जना र गिरीको तर्फबाट अधिवक्ता मोहन कोईराला,सरोज गिरी सहित १४ जनाले थुनछेक बहस गरेका थिए ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व