चलचित्र चारिछा धरानमा भोलि प्रदर्शन हुदै

  • प्रकाशित मितिः पुष 14, 2076
  • 1316 पटक पढिएको
  • औजार संवाददाता

चलचित्रकर्मी छविशित कुलुङको लेखन तथा निर्देशनमा निर्माण गरिएको कुलुङ भाषाको लघुचलचित्र चारिछा धरानमा भोलिबाट प्रदर्शन हुने भएको छ । कुलुङ जातिहरुको सास्कृतिक चाड मिनारी दाचाम चाक्चाकुरको अवसरमा चलचित्र धरान ५ देविगाउको कुलुङ संघमा प्रदर्शन हुन लागेको हो । चलचित्र करिब ३० मिनेटको बनेको छ । घरमा पुरुष नहुदा घरका महिलाले भोग्नुपरेको समस्यालाई चलचित्रले चित्रण गरेको छ । चलचित्रमा बिकाश कुलुङ,सवित कुलुङ,रमा कुलुङ,मनबहादुर कुलुङ लगायतको अभिनय रहेको छ । बिकाश कुलुङ चलचित्र निर्माता समेत रहेका छन । सो चलचित्र कुलुङ जातिहरुको बाहुल्य रहेको क्षेत्रहरुमा प्रदर्शन गरिएको चलचित्र निर्देशक छविशित कुलुङले बताएका छन ।

उनका अनुसार सिलिचोङ गाउँपालिकाबाट ९ गतेबाट चलचित्र प्रदर्शन भएको थियो । सोलुखुम्बु,सुनसरी लगायतका क्षेत्रहरुमा एकैसाथ प्रदर्शन भइरहेको उनले बताए । काठमाडौ र पोखराको भने समय मिति हाल नतोकिएको चलचित्र निर्देशक कुलुङले जानकारी दिए । सुनसरिको धरानमा नेपाल किरात कुलुङ भाषा सस्कृती उत्थान संघको कार्यलयमा भोलि बेलुकाको ६ बजेबाट प्रदर्शन हुने कुलुङ संघका सहसचिव गोमा कुलुङले बताएका छन । उनका अनुसार बिहान ८ बजेबाट १० बजेसम्म रत्तदान कार्यक्रम,१० देखि १२ बजेसम्म जातिय खानेकुरा प्रदर्शनी,त्यसपश्चात औपचारिक कार्यक्रमको साथमा सास्कृतिक कार्यक्रम रहने र अन्त्यमा चलचित्र चारिछा प्रदर्शनी कार्यक्रम रहने उनले जानकारी गराए । कार्यक्रमको प्रमुख अतिथी धरान उपमहानगरपालिकाका नवनिर्वा्चित मेयर तिलक राई रहने उनले बताए ।

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे