'चिनियाँविरुद्धको फितलो अपरेसन, करिब २ सय चिनियाँ फरार भएपछि रित्तो घरमा छापा'

  • प्रकाशित मितिः पुष 14, 2076
  • 510 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं: प्रहरीले गत सोमबार मध्य(दिउँसो काठमाडौं उपत्यकामा अपरेसन गरेर १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो।

मध्य-दिउँसो प्रहरीले चलाएको अपरेसनबाट हालसम्मकै सर्वाधिक बढी चिनियाँ पक्राउ परेको भन्दै प्रहरी अपरेसनको चर्चा भयो। तर त्यसको केही दिनपछि नै फितलो अपरेसन भएको भन्दै प्रहरीभित्रै आलोचना हुन थालेको छ।

नेपालमा बसेर चीनमा अपराध गरेको आरोपमा ठूलो मात्रामा चिनियाँ नागरिक पक्राउ गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पत्रकार सम्मलेन गरेर प्रहरी महानिरीक्षक ९आइजी०कै योजनामा अपरेसन भएको भन्दै आइजी सर्वेन्द्र खनालको प्रशंसा गरेको थियो। तर पक्राउ गर्नुपर्ने चिनियाँ नागरिकसँगै आइजीको फोटो नेपाल साप्ताहिकले सार्वजनिक गरेपछि यसको चौतर्फी आलोचना भएको छ।

सन् २०१७ को अगस्टमै नेपाल सफ्टवेयर कम्पनी खोल्ने भनेर नेपाल प्रवेश गरेका चिनियाँहरूले त्यसको केही समयपछि नै आफ्नो ुनेक्ससु पहुँच भएका व्यक्तिसम्म विस्तार गरेपछि नेपालमै बसेर चीनमा अपराध गर्न सफल भएका थिए।

विदेशमा बसेर चीनका विभिन्न बैंकको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, अनलाइन अश्लिल सामाग्री देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्क्याउँदै रकम असुल्ने काममा चिनियाँ गिरोह सक्रिय भएको थियो।

चिनियाँ गिरोह यस किसिमको अपराधमा संलग्न भएको पाइएपछि सन् २०१६ को अन्तिमदेखि चीनले थाइल्यान्ड, मलेसिया, लाओस, भियतनाम, कम्बोडियालगायतका देशबाट सयौं संख्यामा आफ्ना नागरिकलाई पक्राउ गरेर चीनले स्वेदश लैजाँदै सजाय दिँदै आएको छ।

अन्य देशमा प्रहरी कारबाही तीव्र भएपछि चिनियाँ गिरोहले नेपाली भूमिलाई आश्रयस्थल बनाएर चीनमा साइबर अपराधका गतिविधि बढाएका थिए। यससम्बन्धी सूचना नेपाल प्रहरीलाई आएपछि प्रहरीको एक टोलीले विगत ७/८ महिना अघिदेखि नै यस विषयमा गहन अनुसन्धान सुरु गरेको थियो।

चिनियाँको गतिविधिविरुद्ध लामो समय रेकी गरेका प्रहरीका एक अधिकारीका अनुसार पक्राउ गर्नुपर्ने चिनियाँ नागरिकको संख्या करिब ३ हजारको हाराहारीमा थियो।

काठमाडौं उपत्यकाका करिब ७० घरबाट ३ हजारको हाराहारीमा पक्राउ गर्नुपर्नेमा जम्मा १ सय २२ जना मात्रै चिनियाँ पक्राउ गर्न प्रहरी सफल भएको छ। ती चिनियाँ पक्राउ गर्न ५० जनाको हाराहारीमा चिनियाँ टोलीसमेत काठमाडौं आएको थियो। तर सानो संख्यामा चिनियाँ पक्राउ परेपछि उनीहरुले असन्तुष्ट भएका थिए।

अझ कतिसम्म भने त करिब २ सय जना चिनियाँ बसेको भनिएको मनमैंजुको ७ तले घरमा सबै बाहिरिएपछि प्रहरीले छापा हानेको थियो। प्रहरी स्रोतअनुसार सो घरको तल्लो तलालाई मेसको रुपमा प्रयोग गरिएको थियो। त्यसदेखि माथिल्लो एक तलामा अफिस र अर्को तलामा बेडसहितको सुत्ने व्यवस्था थियो।

yoghar

यो घर मुख्य अफिसमध्ये एक थियो। एकै उमेर समूहका चिनियाँ युवायुवतीहरु ठूलो संख्यामा देखिएपछि स्थानीयहरू नै अचम्ममा पर्दै चिनियाँ आर्मी आएको हुन सक्ने शंका गर्थे।

अपरेसन सञ्चालन हुने दिन गत सोमबार बिहान ८ बजे नै उक्त घर नजिक सादा पोसाकमा प्रहरी पुगेका थिए। त्यतिन्जेलसम्म उक्त घरबाट चिनियाँहरु एकरदुई जना गर्दै बाहिरिरहेका थिए। अन्तमा दिउँसो १स्२५ मा अपरेसन सुरु भयो। त्यतिबेला उक्त घरको गेटमै ठूलो ताल्चा लागेको थियो।

‘घनले ताल्चा फुटाएर भित्र त छिर्‍यौं। तर मान्छे भने कोही पनि फेला परेनन्,’अपरेसनमा खटिएका एक प्रहरी सुनाउँछन्, ‘जबकि २ सयभन्दा बढी चिनियाँ यो घरमा बस्छन् भनिएको थियो।’ मासिक १२ लाख तिरेर चिनियाँले त्यस घरलाई आफ्नो अखडा बनाउँदै आएका थिए। पछि त्यस वरपरका घरहरुबाट प्रहरी ७३ चिनियाँ पक्राउ गरेको थियो।

suben
चिनियाँ नागरिकसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल।
पक्राउ परेका र फरार भएका चिनियाँ नागरिकको आइजी खनालदेखि मन्त्रीसम्म कनेक्सन भएको पाइएको छ। सुरक्षा निकायका व्यक्तिले कुनै पनि विदेशी नागरिकसँग भेट तथा छलफल गर्दा परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने हुन्छ। र त्यसको रिपोर्टसमेत गर्नुपर्ने हुन्छ। तर कुनै जानकारी नदिई आइजी खनालले नेपालमा बसेर अपराध गरेका भनिएका चिनियाँ नागरिकसँग बर्दीमै भेटघाट गरेको पाइएको छ।

अखडा छाडेर होटल पुगेका चिनियाँ गायब
ग्याम्बिलिङ माफियाका मुख्य नाइकेहरु चेन सितियाङ, रोङफेङलगायतका चिनियाँ बालुवाटारस्थित एक घरमा भाडा लिएर बस्दै आएका थिए। प्रहरीले छापा हानेर केही व्यक्ति पक्राउ गरे पनि ठूलो संख्याका चिनियाँ उम्कन सफल भएका थिए।

स्रोतका अनुसार उनीहरुले सो अखडा छाडेपछि मात्रै प्रहरीले अपरेसन सुरु गरेको थियो। आफ्नो अखडा छाडेर उनीहरू रोयल स्यान्ड, सबरिना, चाङ्गसु र पुरानो गजुर होटलमा पुगेका थिए।

ती होटलमा पुगेका उनीहरु त्यसपछि कहाँ गायब भए भन्ने कुरा अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। अध्यागमनलाई पत्राचार गरेर उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

चिनियाँ अधिकारी असन्तुष्ट
करिब ३ हजारको हाराहारीमा पक्राउ गर्ने योजनामा रहेको चिनियाँ पक्ष पहिलो चरणमा करिब ३ सय पक्राउ गर्नुपर्ने चिनियाँ अधिकारीको योजना थियो। ‘तीन सय जनालाई पक्राउ गरेर विमान चार्टर गरेर पठाएपछि थप पक्राउ गर्ने चिनियाँ योजना थियो,’एक उच्च अधिकारीले सुनाए, ‘तर जम्मा १ सय २२ चिनियाँ मात्रै पक्राउ गरेर मिडियामा स्टन्ट गरियो। सूचना जम्मै लिक भयो। त्यसपछि चिनियाँ अधिकारी असन्तुष्ट बने।’

५० भन्दा बढीको हाराहारीमा नेपाल आएका चिनियाँ सुरक्षा अधिकारी नेपाल प्रहरीको फितलो अपरेसनबाट असन्तुष्ट बनेको बताइएको छ। करिब ७० घरमा छापा हान्नुपर्नेमा मनमैंजु, बाँसबारी र बुढानीलकण्ठका मात्रै ९ घरमा छापा हानियो। तर ललितपुर, धुलिखेल, पोखरा चितवनलगायतका ठाउँमा अपरेसन नै गरिएन।

अझ यस्तो अपरेसन त संद्दिग्ध व्यक्तिले चाल नपाओस् भनेर मध्यराति सबै ठाउँमा एकै समयमा संचालन गरिन्छ। तर मध्य(दिउँसो, कोठाबाट सबै बाहिर निस्किेका बेला अपरेसन गर्नुले शंका गर्ने ठाउँ देखिएको छ।

सफ्टवेयर कम्पनीको नाममा छिरेको थियो चिनियाँ गिरोह

पक्राउ परेका र फरार चिनियाँ सफ्टवयेर कम्पनी सञ्चालन गर्ने उद्देश्य बनाएर नेपाल छिरेको पाइएको छ। उनीहरुले एक महिनाको अवधिमा साढे २ अर्बभन्दा बढीको सफ्टवेयर कम्पनी सञ्चालन गर्ने भन्दै भिसा आवेदन दिएको पाइएको छ।

यसरी अर्बौं लगानी गरी कम्पनी खोल्ने भन्दै भिसा आवेदन दिएपछि सरकारी निकायले उनीहरुको सुक्ष्म निगरानी गरेका थिए। गत चैत १२ मा सुन लिङ, सुन जी, झाङ याङ, वु हाईसेङ र झु जियाङले नेपालमा सफ्टवेयर निर्माण भन्दै कम्पनी नै दर्ता गरेका थिए। सोही आधारमा उनीहरुलाई भिसा दिइएको थियो।

चिनियाँको एक समूह यही योजना बनाएर नेपाल प्रवेश गरेपछि अन्य समूहले पनि विभिन्न सफ्टवेयर कम्पनी खोल्ने भन्दै नेपाल आएको देखिएको छ। यसरी नेपाल प्रवेश गरेका उनीहरूले चीनमा अपराध गर्दै आएको पाइएको छ।श्राेत नेपाल लाइब

 


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्