'सामाजिक सञ्‍जालमा जिस्काए–धम्काए पाँच वर्ष कैद, १५ लाख जरिवाना'

  • प्रकाशित मितिः पुष 14, 2076
  • 254 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं– सामाजिक सञ्जालमा कसैलाई जिस्काउने, धम्काउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने छ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट आइतबार पारित भएको सूचना प्रविधिसम्बन्धी विधेयकमा यो व्यवस्था छ।

विधेयकको दफा ९४ मा जातीय भेदभाव, अवहेलना, शान्तिसुरक्षा, सार्वजनिक सदाचार र नैतिकतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा, कुनै व्यक्तिलाई निरन्तर जिस्काए, धम्काए, झुक्याए, बिक्री गर्न रोक लगाएको सामग्रीको विज्ञापन गरे, ऐनविपरीत अन्य कुनै काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवानाको व्यवस्था छ।

विधेयक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहमतिबिनै ध्वनिमतका आधारमा पारित भएको हो।

गत फागुन १४ मा समितिमा पुगेको विधेयक कांग्रेसको असहमतिका कारण पारित हुन सकेको थिएन। कांग्रेसले विधेयकमा उल्लेखित सजायको व्यवस्था हटाउनुपर्ने भन्दै लिखित असहमति राखेको थियो।

यो व्यवस्था इन्टरनेटको स्वतन्त्रतालाई खुम्च्याएको जानकारले बताएका छन्। यसबाट सञ्चारमाध्यम बढी प्रभावित हुन सक्ने कतिपयको ठहर छ।

सरकारले संसद्मा दर्ता गराएको विधेयकमा सजाय बढी भएको भन्दै विरोध भएपछि संसदीय समितिमा पुगेको थियो।

-एजेन्सी

 


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्