स्टाप नर्स साेनम मृत भेटिन

  • प्रकाशित मितिः पुष 14, 2076
  • 915 पटक पढिएको
  • औजार संवाददाता

आईतबार दिउँसो धनगढीमा एक स्टाफ नर्स आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छिन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० घर भएकी स्टाफ नर्स २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन् ।

धनगढीको निसर्ग हस्पीटल र नवजिवन हस्पिटलमा कार्यरत सुनम धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्दै आईरहेकी थिईन् ।

एक्लै डेरामा बस्दै आईरहेकी सुनम केही बेर अघि मात्र आफ्नै डेरामा सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिएका छन् ।

प्रहरी निरिक्षक कार्कीका अनुसार हाल मुचुल्का उठाउने काम भईरहेको र घटनाबारे थप जानकारी अनुसन्धानबाट मात्रै खुल्ने छ ।श्राेत - hamrosabal.com


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्