'डिभोर्सबारे रामकृष्णकी श्रीमती निलमले पहिलो पटक मुख खोलिन', भित्री कुरा यस्तो रहेछ

  • प्रकाशित मितिः पुष 14, 2076
  • 1514 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीचको सम्बन्ध विच्छेदको घटनाले अहिले सामाजिक सञ्जाल तातेको छ । विशेष परिस्थितिका कारण उनीहरुले एक दशक भन्दा लामो वैवाहिक जिवनलाई सम्बन्ध विच्छेद गरेका छन् । अदालतमा सम्बन्ध विच्छेद गरे पछि पनि संगै रहेका उनीहरुले सामाजिक सञ्जालमा गरिएका टिका टिप्पणी प्रति जवाफ दिँदादिँदै हैरान भएका छन् । अदालतमा श्रीमतीसंग सम्बन्ध विच्छेद गरे लगत्तै गायक रामकृष्ण ढकालले आफुहरुको सम्बन्ध कहिल्यै नम र्ने भन्दै टिप्पणी लेखेका थिए । फेरी पनि सो सम्बन्धी समाचार बाहिरिएपछि उनले लामो स्टाटस लेखे । ढकालले आफुहरुको सम्बन्ध विच्छेद नभएको तर्क गरेका छन् ।

ढकालको स्पष्टिकरण पछि पनि विभिन्न अनुमान लगाउँदै उनीहरुका बारेमा समाचार बाहिरिन छोडेनन् । लालीगुरास बहुउद्देश्यीय सहकारीवाट ऋण लिएर घर बनाएका ढकाल ऋणको जालो र ब्याजको दुष्चक्रमा परे । एक करोड ५० लाख ऋण लिएका ढकाललाई झण्डै ५ करोड बक्यौता तिर्न बाँकी रहेको भन्दै पत्रिकामा विज्ञापन आएपछि उनले पत्रकार सम्मेलन गरेर आफु ठगिएको बताएका थिए । सोही घटनालाई जोडेर उनीहरुको सम्बन्ध बिच्छेदलाई लिएर निलमका बारेमा नकारात्मक टिकाटिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखिएपछि उनले स्पष्टिकरण दिएका हुन् । ढकालले आफ्नो नितान्त ब्यक्तिगत र पारिवारिक जिवन प्रति अडकलवाजी नगर्न र पत्नी निलिमाका बारेमा नकारात्मक टिप्पणी समेत नगर्न आग्रह गरेका छन् ।

पहिलो पटक ढकाल पत्नी निलमले पनि सामाजिक सञ्जाल मार्फत सम्बन्ध विच्छेदलाई लिएर फेसवुकमा स्टाटस लेखेकी छन् । उनले पनि आफूहरुले सम्बन्ध विच्छेद नगरेको दाबी गरेकी छिन्, उनले मिडियामा आइरहेका समाचार र भइरहेका सार्वजनिक टिप्पणीले ‘सताइएको’ बताएकी छिन् । निलमले भनेकी छिन् – ‘हामी एक सानो तर खुशी परिवार हो र यदि मिडिया र व्यक्तिले हाम्रो परिवारलाई निरन्तर आ क्रमण गर्न रोक्नुभयो भने हामी यसको कदर गर्छौं

निलमले सामाजिक सञ्जालमार्फत यो हल्ला निराधार, भावनाहीन र हास्यास्पद भएको प्रतिक्रिया दिएकी छिन् । अदालतले सम्बन्ध विच्छेद भएको पुष्टि गरेको भए पनि गायक ढकाल र उनकी पत्नीले भने आफुहरु संगै रहेको बताएका छन् । यता अदालतले भने सम्बन्ध विच्छेद भएको पुष्टि गर्ने तर उनीहरुले भने सम्बन्ध विच्छेद नभएको दावी गरेपछि त्यसले सर्वसाधारणलाई अचम्मित तुल्याएको छ ।

-एजेन्सी


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्