अस्पतालबाटै सक्रिय कृष्णदास

  • प्रकाशित मितिः पुष 13, 2076
  • 667 पटक पढिएको
  • औजार संवाददाता

धरान । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचारका लागि भन्दै विराट नर्सिङहोममा छन् । एक महिना अघि अस्पताल भर्ना भएका गिरीले प्रहरी हिरासतमा बस्नुपर्ने समय अवधी अस्पतालको सैय्याबाटै कटाए ।

गिरी विरुद्ध बिहीबार सरकारी वकिलको कार्यालयले अभियोग पेस गरेपछि जिल्ला अदालतले शुक्रबार बयान लिएको थियो । अदालतमा इन्कारी बयान दिएका गिरीको थुनकेछ बहस आइतबारबाट सुरु हुनेछ । १६ मंसिरमा पक्राउ परेका गिरीको कल डिटेल अध्ययन गर्दा प्रहरीले बारम्बार महिला अनुयायीलाई फोन र म्यासेज गरी भेट्न बोलाउने गरेको तथ्य फेला पारेको छ ।

सुनसरी जिल्ला अदालतमा पेस गरिएको अभियोग पत्रमा गिरीले पीडित भनिएकी महिलालाई पनि मध्यरातमा म्यासेज पठाएको उल्लेख छ । काठमाडौं बसोबास गर्दै आएकी महिलालाई चतरा आएको बेला गत कात्तिक ४ गते राति म्यासेज गरी आश्रममा बोलाएका थिए । पहिले देखि नै भेट्ने इच्छा व्यक्त गरेकी महिलालाई राति १२ बजे गिरीले ‘हेल्लो मैले मौका दिएको बेला चुप किन् ?’ भन्दै माबाइलमा म्यासेज पठाएका छन् ।

सोही दिन राति करिब ११ः३० बजेसम्म भजनकिर्तन भएको थियो । किर्तनपछि अनुयायीहरु आफ्नो आश्रममा गए । सत्संग (किर्तन) सकिएपछि गिरीले महिला अनुयायीलाई फेसबुक म्यासेञ्जरमा फोन र म्यासेज गरेका थिए । तर महिलाले नउठाएपछि उनले मोबाइल नम्बरमा म्यासेज लेखेका हुन् । म्यसेज पाएपछि भने महिला सिद्धबाबालाई भेट्न गएकी थिइन् । महिलालाई सिद्धबबा बस्दै आएको कुटीसम्म पूर्याउने काम अर्की महिला अनुयायीले नै गरेकी थिइन् । सोही समयमा सिद्धबाबाले आफ्नो आश्रमको बैठक कोठामा महिलामाथि जवरजस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ । प्रतिकार गर्न खोज्दा गिरीले कुटपिट गरेका गिरीले करणीपछि कसैलाई सुनाए अनिष्ट हुन्छ भन्दै धम्की दिएको अदालतमा दायर गरेको अभियोगमा उल्लेख छ ।
गिरीले महिलालाई मात्र होइन आश्रममा आउने र बस्ने अन्य महिलालाई मध्यरातमा म्यासेज पठाउने गरेका थिए । गिरीले प्रयोग गर्ने मोबाइल नम्बरबाट अन्य अनुयायीलाई मध्यरातमा आफ्नो आश्रममा बोलाएको म्यासेजको विवरण पनि अदालतमा पेस भएको छ । १८ र १९ अक्टोबर २०१९ मा सिद्धबाबाले आश्रममा बस्दै आएकी एक महिला अनुयायीले प्रयोग गर्ने एनसेल मोबाइलबाट ‘नानु आउ नुःनु गरौन, नानी काली भुण्टी आउ नुनु गरौ’ लेखिएको म्यासेज पठाइएको छ ।

आफूलाई जगतगुर बताउने गिरीले ६ महिना अघि त्रिदण्ड धारण गरेका थिए । हिन्दु संस्कारमा त्रिदण्ड प्रतिको उच्च सम्मान छ । त्रिदण्ड धारण गरेको व्यक्तीले स्त्री, आगो र पैसादेखि टाढै बस्नुपर्ने मान्यता छ । स्त्रीको प्रतिमालाई भुलबस छोइएपनि तीन दिन उपाशना बस्नुपर्ने मान्यता छ । तर सिद्धबाबाले भने स्त्रीबाट टाढा नभएको तथ्य उनले प्रयोग गर्ने मोबाइलको कल र म्यासेजको डिटेलले नै देखाएको छ ।

गिरीले एक अनुयायीलाई मोबाइलमा म्यासेज पठाएर केटीलाई चुप गराउन साधुहरु परिचालन गर्न भनेका छन् । सिद्धबाबाले अनुयायीलाई पठाएको म्यासेजमा ‘त्यो केटीलाई चुप गरा, साधुहरुको आवाज आएन, उनीहरुलाई पनि बोल्न लगाउनु’ लेखिएको छ । कल डिटेलमा म्यासेज पठाएको देखिएपनि प्रहरीले यो विषयमा भने अनुसन्धान गरेको छैन् ।

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आफूले कहिलै मोबाइल नबोक्ने बयान दिएका छन् । उनले आफ्नो फोन र सामाजिक सञ्जाल सहयोगीहरूले चलाउने गरेको भन्दै कसैलाई फोन र म्यासेज नगरेको बताएका छन् । गिरीले आफू त्रिदण्ड धारण गरेको ब्रम्हचारी भएकाले महिलालाइ समुहमा मात्र भेट दिने गरेको बयान दिएका छन् । आफूलाइ फसाउने सडयन्त्र भएको उल्लेख गर्दै उनले महिलालाइ एक्लै कहिलै नभेटेको दाबि गरेका छन् ।


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्