क्रिसमस इभको त्यो रात - बोलाउँदा नबोलेपछि मरी...'भन्दै प्रेमीले नै अलपत्र छाडिदिएका थिए घाइते प्रेमिकालाई'

  • प्रकाशित मितिः पुष 13, 2076
  • 1269 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं : गत मंगलवार क्रिसमस इभको रमझम चलिरहेको थियो। काठमाडौंका ठमेल, दरवारमार्ग, बौद्ध लगायतका पर्यटकीय क्षेत्रमा मानिसको चहलपल बाक्लै थियो। अधिकांश युवा पुस्ता इभको रमाइलोमा झुमिरहेका थिए।

सोलुखुम्बुका २१ वर्षीय दिलेन्द्र राईलाई पनि इभले नछुने कुरै थिएन। काठमाडौं बस्दै आएका राई साँझ नै आफ्नै साथी २० वर्षीया सोनिया राईलाई लिएर इभ मनाउन पुगेका थिए। राति १ बजेसम्म उनीहरु सँगै थिए। त्यतिखेरसम्म दिलेन्द्र नशाले लठ्ठिसकेका थिए।

मापासे गरे पनि उनले बाइक स्टार्ट गरे। सोनियालाई पछाडि राखे। उनलाई छाड्न बौद्धतिर हुइँकिए। राति ट्राफिक प्रहरी हुने कुरा भएन। नशाले असन्तुलित उनको मोटरसाइकल कुदाई सन्तुलित थिएन। त्यही रफ्तार नै उनका लागि एउटा नराम्रो दुस्परिणाम निम्त्याउने कारण बन्यो।

मौसम चिसो भएकाले तुहालोले छोपिएको बाटो। राईले चलाएको प्रदेश ३-०२- ८२९५- ८२९५ नम्बरको मोटरसाइकल करिव २ बजे बौद्धमा दुर्घटनामा पर्‍यो।

ुहल्का नशामा थिएँ। बाटोमा निर्माणका लागि गिट्टी थुपारिएको रहेछ। दुर्घटना भयो,ु दुर्घटनामा परेका दिलेन्द्रले प्रहरीमा बयान दिएका छन्।

दुर्घटनामा दिलेन्द्र सामान्य घाइतेमात्र भए। लडेको बाइक तत्कालै उडाउन भ्याए। तर, उनको पछाडि बसेकी सोनिया भने नराम्रोगरी बजारिन्। दिलेन्द्रले सोनियालाई बोलाए। तर, उनी बोलिनन्। टाउकोबाट रगत बगिरहेको थियो सोनियाको। त्यसपछि पछाडि केही ट्याक्सीहरु आइरहेको देखे उनले।

दुर्घटनापछि आत्तिएका दिलेन्द्र त्यसपछि भागे।

मरी भन्ने लाग्यो। नबोलेपछि अरुले थाहा पाउँलान् भनेर भागेको हुँ, घटनाको भोलिपल्ट प्रहरीले दिलेन्द्रलाई नियन्त्रणमा लिएपछि यसै भने।

सडकमा दुर्घटनामा परेकी युवती देखेपछि कसैले अर्थोपेडिक अस्पताल जोरपाटी पुर्‍याइदिए। त्यहाँ खबर भएपछि प्रहरी पुग्यो। अर्थोपेडिकमा उनको उपचार हुने सम्भावना नदेखेपछि उनलाई त्यहाँबाट रेफर गरियो। प्रहरीले बिहान ४ बजे उनलाई अर्थोपेडिक अस्पतालबाट बीर अस्पताल पुर्‍यायो। सिटी स्क्यान र एक्सरे गर्न नमिलेपछि फेरि उनलाई निजी अस्पताल नै पुर्‍याइयो।

अहिले सोनियाको त्यही अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

उनको अवस्था अझै गम्भीर छ। होस खुलेको छैन।

एकदमै गम्भीर अवस्था छ। होस आएको छैन। घटनाबारे थप अनुसन्धान पनि गर्नुपर्ने छ, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले भने।

उनका अनुसार घटनाको प्रकृति हेर्दा युवती दुर्घटनामा मात्र परेकी होइनन् कि भन्ने पनि देखिएको छ। बलात्कार त भएको होइन उनकोरु प्रहरीले अभियुक्त दिलेन्द्रसँग सोधपुछ गर्दा उनले अस्वीकार गरेका छन्। युवतीको अवस्था हेर्दा करणी गरेको भन्ने पनि देखिन्छ, यसबारे अनुसन्धान गरिरहेका छौं, प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए।

युवती आइसियुमा भएकाले प्रहरीले बयान लिन सकेको छैन। राईविरुद्ध प्रहरीले सार्वजनिक मुद्धामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

(घाइते युवतीको नाम परिवर्तित हो।)श्राेत - पिहलाेपाेस्ट

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व