'प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीलाई जन्मकैद'

  • प्रकाशित मितिः पुष 11, 2076
  • 1486 पटक पढिएको
  • औजार संवाददाता

६ महिनाअघि प्रेमीसँग मिलेर आमाको हत्या गर्ने ईश्वरी भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। उनीसँगै अन्य तीन जनालाई पनि जिल्ला अदालत भक्तपुरले बिहीबार जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्या संग्लन अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए।

आफ्नो प्रेम सम्बन्धका विषयमा आमालाई थाहा भएको र अन्यत्र फैलाउन सक्ने आशंकामा छोरी ईश्वरीले आमा सावित्रा भट्टराईको हत्या गरेको अदालतको ठहर छ । ईश्वरीले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको पुष्टी भएको अदालतले जनाएको छ।

चाँगुनारायण नगरपालिका–७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा ६० वर्षीया सावित्रा भट्टराईको हत्या गरेकी थिइन्।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँकी भट्टराई आफ्नी छोरी ज्वाईंको घरमा बस्दै आएकी थिइन्।

प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रईशलाईपक्राउ गरेको थियो।

-एजेन्सी


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार