'गायक रामकृष्णले लेखे यस्तो मार्मिक स्टाटस'

  • प्रकाशित मितिः पुष 10, 2076
  • 1530 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं, गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच बुधबार सम्बन्धविच्छेद भएको छ । यो खबरले गायक ढकाललाई रुचाउने दर्शक र स्रोत चिन्तित भएका छन् ।सम्बन्धविच्छेदपछि ढकालले आफ्नो सामाजिक संजाल फेसबुकमा अरुले जे भने पनि पत्नी र उनको सम्बन्ध कहीले पनि नर्मने स्टाटस लेखेका छन् । ढकालकी श्रीमती शाहले मंगलबार सम्वन्धविच्छेदको लागि अदालतमा निवेदन दिएपछि बुधवार जिल्ला अदालत काठमाडौंमा उनीहरुको सम्बन्धविच्छेद भएको हो। गायक ढकाल र शाहबीच २०५९ मंसिर १४ गते प्रेम विवाह भएको थियो ।

ढकाल र शाहको सम्वन्धविच्छेदको निर्णय जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले सुनाएको हो। श्रीमतीले ढकालसँग अंश नलिने सहमती समेत गरेकी छन् । उनीहरुको एक छोरी पनि छिन् । अब छोरी आमासंग बस्ने भएकी छन् ।मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्थाअनुसार दुवैको सहमतिमा ढकाल र शाहको सम्बन्ध विच्छेद भएको हो।

-एजेन्सी


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्