'नांगो शरीरमा ‘रगत’ पोखेर गरिएको अनौठो आन्दोलन'

  • प्रकाशित मितिः पुष 8, 2076
  • 1182 पटक पढिएको
  • औजार संवाददाता

०८ पौष २०७६, काठमाडौं विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो । स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो ।

यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते । नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन् । डेलीमेलका अनुसार ‘ब्ल्याक फ्राइडे’ को रुपमा क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

जुन भिडियो फूटेज सामाजिक सञ्जालमा व्यापक ‘शेयर’ गरिएयो । हरेक वर्ष हजारौं पशुपंक्षीको हत्या तथा दुव्र्यवहारलाई रोक्नुपर्ने उनीहरुको माग थियो। यस्तो अनौठो विरोध प्रदर्शनको कार्यक्रम पशु अधिकार संस्था ‘अनिमा नेचुरलीस’को आयोजनामा भएको थियो ।

प्रदर्शनको क्रममा उनीहरुले ‘पीडा आनन्ददायक हुँदैन’ भन्दै नारावाजी समेत गरेका थिए । भुवा तथा छाला उद्योगका लागि पशु हत्या जायज नभएको भन्दै उक्त संस्थाले आन्दोलनबारे ट्वीट समेत गरेको थियो ।

‘अनिमा नेचुरलीस’का अनुसार चीनमा लत्ताकपडाका लागि बिरालो र कुकुरको प्रयोग हुँदैआएको छ । साथै युरोपमा हरेक वर्ष भुवा तथा छाला प्रयोगका लागि ३ करोडभन्दा धेरै पशु नष्ट गरिन्छ ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए