आठौं भेडेटार फुड फेष्टिवलको तयारी शुरु

  • प्रकाशित मितिः पुष 8, 2076
  • 375 पटक पढिएको
  • औजार संवाददाता

धरान । पर्यटन प्रवद्र्धन गर्नको लागि अंग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा निरन्तर ७ वर्र्षदेखि हुँदै आएको फुड फेष्टिवल यस वर्ष पनि हुने भएको छ ।

फेष्टिवल यहि पौष १५ देखि १७ गतेसम्म हुने भएको हो । सोमबार भेडेटारमा पत्रकार सम्मेलन गर्दै आठौ भेडेटार फुड फेष्टिवलको तयारी शुरु गरिएको होटल एसोसिएसन अफ भेडेटारले जानकारी गराएको छ ।

नेपाल भ्रमण बर्ष २०२० कार्यक्रमलाई सफल बनाउन यो फेष्टिवल थप आधार बन्ने होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले पत्रकार सम्मेलनमा वताएका छन् ।फेष्टिवलले भेडेटारको समग्र आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान र प्रवद्र्धनमा समेत टेवा पु¥याउने होटल एसोसिएसन अफ भेडेटारका पुर्व अध्यक्ष लिलाराज लावतीले बताए ।राई, लिम्बू मगर, तामाङ, नेवारी जातिय खानेकुराहरुको प्रदर्शनी, अर्गानिक खेतीबाट उत्पादित तरकारी फलफुल किवि, भुइँस्याउ , हस्तकला कृषि तथा घरेलु उत्पादन प्रदर्शनी, मौलिक परम्परागत झाँकी कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम जस्ता फेष्टिवलमा मुख्य आर्कषण रहने छ । फेष्टिवलको मुख्य आकर्षण हेलि फ्लाईट,प्याराग्याईडिङ रहने छ ।फेष्टिवल अवधिभरी एक करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे