जसलाई सुन्तलाले बनायो गाडी मालिक

  • प्रकाशित मितिः पुष 8, 2076
  • 497 पटक पढिएको
  • औजार संवाददाता

फिदिम । १५ बर्षअघि पाँचथरको कुरुम्बा सेङ्खेवामा सुन्तला रोप्दा तेजबहादुर लावतीलाई धेरैले मुर्खको संज्ञा दिएका थिए । घर परिवारले समेत मकै फल्ने बारीमा सुन्तला नरोप्ने भनेको कुरालाई लावतीले टेरेनन् । १५ बर्षअघि रोपेको सुन्तलाको बोटमा लटरम्म सुन्तला फलेसँगै लावती यो बर्षबाट आफ्नै गाडीको मालिक बनेका छन् । गाउँलेले सुन्तला रोप्दा मुर्ख बनेका लावती यतीबेला गाउँपालिकाकै नमूना कृषक बन्न सफल भए । उनको अनुशरण गर्दै गाउँभरीमा सुन्तला खेती व्यवसायिक रुपमा अघि बढेको छ । सो गाउँ अहिले पाँचथरमै सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भैरहेको छ ।

पन्ध्र वर्षदेखि सुन्तला खेतीमा लाग्दा तेजबहादुर गाडी नै किन्न सफल भएका हुन् । २०६०÷२०६५ सालको बीचमा रोप्नु भएको सुन्तलाबाट २०७३ देखि तेजबहादुरले धेरै आम्दानी थाप्न थालेका छन् । उनले सत्र रोपनीमा ६ सय बोट सुन्तला लगाएका छन् । यसले बार्षिक दश लाख रुपियाँसम्म आम्दानी भिœयाएका छन् । यसैको आम्दानीमा ऋण थपेर २३ लाख रुपियाँ मुल्यको पिकअप भ्यान किन्न सक्षम भएको तेजबहादुरले खुसी हुँदै सुनाए । कृषि ऋणमा किनेको गाडीको बाँकी पैसा अर्काे बर्ष सुन्तला बेचेर तिर्ने योजना रहेको उनले बताए । सुन्तला बेचर किनेको पिकअप अहिले आफ्नो र गाउँकै सुन्तला बेच्न प्रयोग गरिरहनु भएको छ । गाडी धनी बनेपछि अहिले गाउँ घरमा छुट्टै इज्जत पाउन थालेको पनि तेजबहादुरले सुनाए । कुरुम्बा पाँचथरकै सबैभन्दा बढी सुन्तला फल्ने क्षेत्र हो । यहाँका सेङ्खेवाका साथै चाँदनी, तुम्बुङका झण्डै तीन सय घरले मुख्य आम्दानीको स्रोतको रुपमा सुन्तला खेती गर्छन् ।

कुरुम्बाका किसानलाई अहिले अन्तिम चरणको सुन्तला टिपेर बेच्न भ्याइ नभ्याइ छ । यहाँबाट बार्षिक दुई करोड रुपियाँसम्म सुन्तलाबाट आम्दानी हुने गरेको किसान बताउछन् । त्यसैले यहाँ पाकेको सिजनमा सुन्तलाको कारोबार धेरै हुने गरेको छ । सुन्तला कारोबारीमा लागेका सेङ्खेवावासी प्रदिप लावतीले पनि पिकअप किनेका छन् । उनले पनि सुन्तला व्यापारको रुपमा बेचेकै आम्दानीले सो गाडी जोडेका हुन् ।
तेजबहादुर र प्रविनले जस्तै सुन्तलाको आम्दानीले कुरुम्बाका धेरै किसानले घर घरेडी जोड्न सफल भएका छन् । कुरुम्बाको सुन्तला स्थानीय बजार चिसोपानी पञ्चमी, रवि, ६ नं. बुधबारेका साथै झापाका विभिन्न बजारमा विक्री हुने गरेको छ । झापाका व्यापारीले बगानै मोलेर किनी लाने गरेका छन् । वार्षिक पचास हजारदेखि दश लाख रुपियाँसम्म कुरुम्बाका किसानले सुन्तलाबाट कमाउछन् । यस क्षेत्रका किसानले बारीमा दश देखि छ सय झ्याङसम्म सुन्तला लगाएका छन् ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे