कोशीटप्पु बन्यजन्तु आरक्ष र पर्यटन वर्ष

  • प्रकाशित मितिः पुष 7, 2076
  • 211 पटक पढिएको
  • जयकृष्ण यादव

नेपालको सबै भन्दा सानो आरक्षको रुपमा रहेको कोशीटप्पु बन्यजन्तु आरक्ष जैविक विभिद्धतामा निकै महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ ।
यहाँ विभिन्न जीवजनावरसगैं विश्वमै दुर्लव मानिएको अर्ना समेत पाईन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक अनुसार समेत अन्य सालको तुलनामा अर्नाको संख्यामा वृद्धि भएको छ । वि.सं. २०३२ सालमा स्थापना भएको आरक्षको क्षेत्रफल १७५ वर्ग किलोमिटरमा फैलिएको छ । यस आरक्षमा घाँसे मैदान ६९ दशमलव ९, जङ्गल ४ दशमलव २, नदी र नदी तटीय क्षेत्र २५ दशमलव ९ रहेको छ । विश्वको रामसार सुचिमा रहेको नेपालको पहिलो रामसार साइट समेत रहेको कोशीटप्पुमा विभिन्न प्रजातीका जंगली जनावर, सर्प, स्तनधारी र चराचुरुगींहरु समेत पाईन्छ । यस आरक्षको आसपास क्षेत्रलाई वि.सं.२०६१ सालमा मध्यवर्ती क्षेत्रको रुपमा घोषणा गरिएको थियो । मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग किलोमिटर रहेको छ भने यहाँ ९ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरु रहेका छन् ।

खासमा चराका लागि महत्वपूर्ण क्षेत्र र चरा अवलोकनका लागि प्रख्यात रहेको छ । चराको स्वर्गको रुपमा समेत कोशीटप्पुलाई लिने गरेको पाईन्छ । यो क्षेत्र संरक्षणको प्रचारप्रसारको लागि खुला पाठशाला र पर्यटनको एक महत्वपूर्ण गन्तव्य समेत रहेको मानिन्छ । अर्नाको अवस्था हेर्दा सबै घरपालुवा भैंसीहरुको पूर्वजको रुपमा लिन सकिन्छ । अनि संरक्षणको अवस्थाको कुरा गर्दा अर्ना संकटपन अवस्थामा पर्ने भएपनि नेपालको कोशीटप्पुमा राम्रो उपस्थिति रहेको छ ।
यस आरक्षमा आर्थिक वर्ष २०७५।०७६ मा नेपाली पर्यटक १८ हजार ३८५ जना, सार्क मुलकुका ३६ र विदेशी मुलुकका पर्यटक ३५२ गरि कल १८ हजार ७७३ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन् । त्यसैगरी चालु आर्थिक वर्षको साउनदेखी मंसिरसम्ममा स्वदेशी ४ हजार ८८२ सार्क मुलुकका १२ र विदेशी पर्यटक ३९ जना जना गरि स्वदेशी तथा विदेशी गरि कुल चार हजार ९७३ पर्यटक आएका छन् । आरक्षका रेन्जर लक्ष्म महतोका अनुसार आर्थिक वर्ष २०७५।०७६ मा नेपाली पर्यटक, सार्क मुलकुका र विदेशी मुलुकका पर्यटकले अवलोकन भ्रमण गर्दा आरक्षले राजस्व बापत ४५ लाख ३० हजार ९६७ रुपियाँ ६८ पैसा संकलन गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा १२ लाख ३४ हजार ५८६ रुपियाँ राजस्व संकलन गरेको छ ।

महतोका अनुसार पर्यटन वर्ष २०२० का लागि प्रदेश सरकारले पर्यटन वर्ष सकार पार्न आरक्षमा मचान निर्माण गर्ने, चरा अवलोकनको केन्द्र निर्धारण गर्ने, यहाँ रहेको दुलर्भ रैथाने अर्ना संरक्षण गर्ने, हात्तीको अवलोन तथा हात्ती सफारी गर्न र कोशी नदिमा वोटिंग गर्ने पर्यटकलाई सुविधा दिने तयारी गरेको छ । स्वदेशी तथा विदेशीहरु पर्यटकहरुलाई आरक्षले स्वागत गर्ने तयारीमाम समेत रहेको छ । पर्यटन वर्षको रुपमा मनाउने सरकारले घोषणा गरेकाले कोशी क्षेत्रका स्थानीयहरु उत्साहित बनेका छन् ।
पर्यटन वर्षमा पर्यटक स्वागत गर्न स्थानीय आतुर ः नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२०लाई सार्थक पार्नका लागि र पर्यटकलाई स्वागत गर्नका लागि स्थानीयहरु तयारी अवस्थामा छन् । आरक्षमा आउने पर्यटकको स्वागत गर्न स्थानीय आतुर रहेको कोशी टप्पु बन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवको भनाई छ । अध्यक्ष यादवका अनुसार संघिय सरकारले घोषणा गरेको पर्यटन वर्षमा प्रदेश सरकार र स्थानीय सरकारले पनि चासो देखाएकाले पर्यटक स्वागत गर्न स्थानीयहरु आतुर रहेका छन् । नेपाली समाजमा पाहुनालाई स्वागत सत्कार गर्ने संस्कार नै रहेको र झनै सरकारले नै २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने भएकाले यहाँ आउने पर्यटकलाई स्वागत गर्न स्थानीयबासी, मध्यवर्ती क्षेत्रका समितिहरु समेत तयारी अवस्थामा रहेको छ ।

आरक्ष क्षेत्रमा होटलको अवस्था ः प्रदेश नम्बर १ को कोशी किनारमा रहेको कोशीटप्पु बन्यजन्तु आरक्ष पर्यावरण र प्रकृतिका प्रेमी, चरा प्रेमी, बोटिगं गर्नेहरु, जैविक विभिद्धताको विषयमा अध्ययन र अनुशंधान गर्नेहरुका लागि एउटा महत्वपूर्ण क्षेत्र भएपनि यहाँ आउने पर्यटकहरुको लागि प्रयाप्त बासस्थानका लागि होटेल र होम स्टेहरु अभाव रहेको छ । आरक्षको कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका र उद्यपुरको बेलका नगरपालिका समेतको मध्यवर्ती क्षेत्रमा साना ठूला गरि सात वटा मात्रै होटेल र पश्चिम कुशाहा, मधुवन, प्रकाशपुरमा एउटा एउटा होमस्टे रहेको छ । सप्तरीको कमलपुर, भागलपुर, बदगंमा समेतका क्षेत्रमा होमस्टेहरु रहेको छ ।
कोशी कटान पछि आरक्षमा आउने पर्यटकलाई लक्ष्ति गरेर मधुवनको शुक्रबारे र प्रकाशपुरमा होमस्टे सञ्चालनमा ल्याएको छ । नेपाली मौलिक खाना र स्थानीय जातको तरकारी तथा स्थानीय खुकुरा समेत खानपान र ४० जना सम्मलाई राती बास दिने गरि होमस्टे सञ्चालनमा ल्याएको छ । सुनसरी, सप्तरी र उद्यपुरमा गरि होमस्टेहरुमा एक सय जनालाई राख्न सक्ने होमस्टे संचालक राजु तमांगको भनाई छ ।

कसरी पुग्न सकिन्छ कोशीटप्पु ?
प्रदेश एकको राजधानी विराटनगर विमानस्थलदेखी ५० किलोमिटर उतर पश्चिमको यात्रा गरेपछि एक घण्टामा गाडी लिएर पुग्न सकिन्छ भने प्रदेश दुईको राजविराज विमानस्थलदेखी ३० किलोमिटर उतर पूर्वको यात्रा गरेपछि आधा घण्टामा गाडी लिएर पुग्न सकिन्छ । बसमा यात्रा गर्नेले विराटनगर, दुहवी हुदै इटहरी वा इनरुवा त्यसपछि सिधै कोशी गाउँपालिकाको जमुवा चौक पुगेर प्रवेशद्धारबाघ तीन किलोमिटर उतर पश्चिम पुगेपछि आरक्षमा प्रवेश गर्नसक्छ । कोशी व्यारेजको पच्चिम तर्फ सप्तरी र उद्यपुरको बाटो तथा आरक्षको अवलोकन गर्न पाईन्छ । भने पूर्व तर्फ सुनसरीको आरक्ष कार्यालय रहेको टाउँदेखी उतर दक्षिण ३० किलोमिटरसम्म अवलोकन भ्रमण गर्न पाईन्छ ।

किन घुम्ने कोशीटप्पु ?
नेपालको सबै भन्दा सानो तर चर्चित आरक्षको रुपमा कोशीटप्पु वन्यजन्तु आरक्षमा विश्वकै दुर्लभ मानिएको अर्ना अवलोन गर्न सकिन्छ । यहाँँ पर्यकटलाई भित्रयाउन सकिने विश्वमै दुर्लव मानिएको जंगली भैसी (अर्ना) को मुल बासस्थान रहेको र विभिन्न चराहरु पाईने भएकाले यसको छुटै विषेशता रहेको छ । त्यसैले अवलोकन भ्रमण गर्नुपर्छ । साथै कोशीको मनोरम दृष्यसगैं आरक्षको अर्ना, हात्ती, बदेल, चितल, फिसिंग क्याट, डलफिन, विभिन्न प्रजातीका चरा, गोही र संग्राहालयमा विभिन्न जनावर तथा चराको तस्विर, कंकाल, मृत हात्तीको बच्चा, अर्नाको बच्चा समेतको अवलोकन गर्न पाईन्छ । नेपालको पहिलो रामसार सूचीमा सूचीकृत यस कोशीटप्पु वन्यजन्तु आरक्षमा जिवजन्तु र जनावर बढ्ने क्रममा र्हेको छ । विश्वकै दुर्लभ अर्नाको संरक्षण गर्ने उद्धेश्यले वि. स. २०३२ सालमा स्थापित यस कोशी टप्पुमा पछिल्लो समय जिवजन्तु र पशुपंक्षीहरु समेत बढ्दै गएको हो । यहा नेपालमा पाईने चराहरु मध्ये सबैभन्दा धेरै प्रजातीका चराहरु जसमा ५ सय २ प्रजाती, जंगली हात्ती १० देखि ११ वटा सम्म, सोस ७ वटा, मगरगोहि ११ वटा, २०० प्रजातिका माछा, घडियाल, ओत, निलगाई, बदँेल, लगुना,चित्तल, गिद्ध, विभिन्न प्रकारका पानीहाँस, खरमुँजुर, सिमतित्रा, सारस, गरुड, अजींगर लगायतका वन्यजन्तुहरुको वासस्थान रहेको छ ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए