'तीन दिनमा ‘दबंग - ३’ ले कमायाे ७८ कराेड'

  • प्रकाशित मितिः पुष 7, 2076
  • 314 पटक पढिएको
  • औजार संवाददाता

सलमान खान स्टारर दबंग ३ले तीन दिनमा करिब ७८ करोड भारू कमाएको छ।

रिलिजको तेश्रो दिन आइतबार सिनेमाले २९ करोड भारू कमाइगरेपछि दबंग ३ुको कमाइ ७५ करोड भारू पुगेको हो।

रिलिजपछि समीक्षकबाट चर्को आलोचना र दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको सिनेमाले रिलिजको पहिलो दिन २४।५० करोड भारु कमाइ कमाइ गरेको थियो भने दोश्रो दिन २४.७५ करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

jabarrr

सिरिजकै झुर सिनेमाको प्रतिक्रिया पाइरहेको सिनेमाले यो सातासम्ममा सय करोड भारू कमाउने अनुमान रिलिज अघि गरिएको छ। बुधबार पर्ने क्रिसमस बिदाको फाइदा सिनेमाले लिने आशाका कारण यो अनुमान गरिएको थियो।

रिलिजपछि सिनेमा अनावश्यक लामो भएको गुनासो भएपछि निर्माणपक्षले सिनेमाको लम्बाई ९ मिनेटले छोट्याएको छ।

सिनेमामा सलमानका अलावा सोनाक्षी सिन्हा, खिचा सुदिप, साईं माजेंकर, अरबाज खान आदिको मुख्य भूमिका छ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे