''जसको फ्लाइट अविष्मरणीय बन्यो''

  • प्रकाशित मितिः पुष 6, 2076
  • 658 पटक पढिएको
  • औजार संवाददाता

चार्टर्ड प्लेनमा एक्लै यात्रा गर्ने सपना त धेरैको हुन्छ तर त्यो कमै पूरा हुन पाउँछ । यस्तै यदि तपाईं व्यवसायिक विमानमा यात्रा गर्नु हुन्छ भने यो सपना पूरा हुन लगभग असम्भव नै छ । तर लोएसा एरिस्पेकी एक महिलाको यो सपना पूरा भएको छ ।

लाइसा मनिला जानका लागि फिलिपिन्सको एयरपोर्टमा पुगिन् र पिआर२०२० फ्लाइटमा बसिन् पनि । लोइसालाई थाहा थिएन कि उक्त फ्लाइट उनको लागि निकै अविष्मरणीय हुनेछ । लोइसाको फ्लाइटमा उनीबाहेक अरु कुनै यात्री नै थिएनन् । उक्त फ्लाइट रातीको थियो र त्यसमा सात क्रु मेम्बर्स थिए ।

लोइसाले खाली विमानको तस्बिर खिचिन् । उनले विमानका सात क्रु मेम्बर्ससँग पनि सेल्फी खिचेकी छिन् । उक्त फोटोलाई लोइसाले फेसबुकमा सेयर गरिन् । जब उनी मनिलामा उत्रिइन् तब कनवेयर बेल्टमा पनि उनको मात्रै लगेज थियो ।

लोइसाको फेसबुकमा उनी पिटिभीकी समाचार रिपोर्टर भएको जानकारी उल्लेख छ । यसअघि पनि केरन ग्रीव नामकी एक महिलाले यस्तै एक्लै यात्रा गर्ने मौका पाएकी थिइन् ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए