पुस १० गते बिहीबार सूर्य ग्रहण, यी राशीले हेर्न नहुने

  • प्रकाशित मितिः पुष 4, 2076
  • 1134 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । आगामी २०७६ साल पुस १० गते बिहीवार अर्थात् डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ ।
सूर्य ग्रहण मूल नक्षत्र धनु राशीमा लाग्दै छ । ग्रहणको अवधि २ घण्टा ४९ मिनेट सम्म रहने छ ।नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ र बिहानै ११ बजेर ३१ मिनेटमा पूर्ण रूपमा ग्रहणले छोड्ने छ । यतिबेला ग्रहणको बढी असर हुने गर्छ । ग्रहण संक्रमणकारक हुने हुँदा यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ र यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।

ज्योतिषी दीपक सुवेदीले सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशीमा एकसाथ रहने भएकोले धनु राशीहरूमा केही अप्रत्यासित घटनाक्रम बढाउन सक्ने,रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुने बताएका छन् । करिब छ वटा ग्रहहरू एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रूपमा हेरिरहेको छ ।धनु राशीमा लाग्ने ग्रहणको विभिन्न राशीमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कर्कट, वृष, मेष, मीन, राशीमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण हेर्नु हुँदैन ।

कन्या, मिथुन, कुम्भ तथा मकर राशी हुनेहरूका लागि भने विषेश फाइदा रहने देखिन्छ ।ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने सुतक लाग्ने हुँदा पुस ९ गते राति ८ बजेर ४२ मिनेटबाटनै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे