'एक दुर्घटनाले संगीतको मोड लियो'

  • प्रकाशित मितिः पुष 1, 2076
  • 584 पटक पढिएको
  • दिपेश राई

महेन्द्र राई २०५० सालमा ईलामको गजुरमुखि गाविसको गाउँमा जन्मे । गाउले परिवेशमा जन्मेका उनको बाल्यकाल गोठालो,घाँस दाउरामा वितेको थियो । साधारण परिवारमा जन्मेका उनी धेरै पढेनन् ।
परिवारको पढाउने क्षमता हँुदाहँुदै पनि उनी धेरै पढ्न मन गरेनन् । उनी ९ कक्षा सम्म ईलामका विद्यालयहरुमा अध्धययन गरेका थिए । व्यवस्थित र राम्रै निजि विद्यालयमा उनको पठनपाठन भएको थियो । गजुरमुखि विद्यालयमा प्राथमिक तहको अध्धयनपछि उनले इलामकै लुम्देजाल्पामा बाकीँ अध्ययन गरेका थिए । पढाउने परिवारको ईच्छा भएपनि उनले धेरै पढ्न मन गरेनन् । कक्षा ९ देखि माथि उनको पढाई बढ्न सकेन । सानैदेखि चुलबुले बानि खेल्ने ,घुम्ने रमाउने कुराहरुमा उनी बढी घुलमिल हुन चाहान्थे । योसँंगै उनी त्यतिकै कलाकारितालाई रुचाउँथे । सानो छँदा उनले गाउके थुपैै्र विवाह लगायत कार्यकमहरुमा नाँचे । सुरुमा नाँच्न भनेपछि निकै मरिमेटने उनी पछि आएर गाउन पनि थाले । जुन प्रेरणा दाईबाट मिलेको थियो उनलाई । गाउका विवाह कार्यक्रममा उनीहरुले गाएको देख्दा उनलाई पनि गाउने ईच्छा भएको थियो र उनले गाउन सुरु पनि गरे । उनले महशुस गरे कि आफुमा यी अर्को पनि खुबि रहेछ भन्ने त्यसपछि उनले गायनलाई पनि निरन्तरता दिए र आज उनको लागि यो नै प्यारो पनि भयो । गाउँमा अहिले जस्तो गाउनको लागि प्रर्याप्त समय र स्टेजहरु पाउँन निकै गाह्रो थियो । बेला मौकामा यस्तै चाडवाडमा उनले गाउ्रँन सिके । त्यो समयमा गाउँमा आधुनिक प्राविधिक कुराहरुमा निकै पछि रहेकोले उनले त्यो समयको डिभिडि जोडेर गितहरु सुन्ने गर्थे त्यसरी नै उनले गाउन सिकेका थिए । उनी यो बेला यही गितहरुसंग आफुलाई चिनाई रहेका छन् ।

उ अहिले यसैमा समर्पित छन् । दुख सुखको साथी उनको लागि यहीँ संगित बनेको छ । उनका हरेक रबहरुमा हरेक पल गित नै गुन्जिरहेको छ ।तर दैबको लेखान्तले होला उनले सानै उमेरमा अपाङ्गताको पिडा सहनु पर्यो । उनले कहिल्यै सोचेको थिएन। आफु यो अवस्थामा पुग्छु भनेर तर उनले नसोचेको कुरा आज भयो । करीब १४ वर्षको उमेरमा ईलाममै बस्दा उनको दुर्घटना भयो । त्यतिबेला उनि केहि बुझने पनि भएका थिए । उनले त्यो बेला पढन छोडिसकेका थिए । उनले कुनै मजबुरी नभएतापनि गाडी सिक्ने ईच्छा र रहरले गाडीमा काम गर्न थाले । सानै उमेरमा गाडी चलाउन पनि सिके । त्यो बेला सम्म ठिकै थियो तर एकदिन त्यस्तो घट्ना भयो जुन घट्नाले उनको पुरै जिवन नै अपाङ्गताले रुमलिदियो । त्यहीँ दुर्घटना निहुँ भयो र आज उनलाइ अपाङ्गताको अर्को नाम दिलायो । उनले कहिल्यै नसोचेको कुरा भयो । डुल्ने रमाउने उनको बानि आज ति सबै खाल्डोमा धकेलियो । त्यो बेला आफुले हेलचेक्राई नगरेको भए आफ्नो अवस्था यस्तो नहुने उनी बताउँछन् । दुर्घटना भयो त्यसपछि पनि म खासै गम्भिर थिईन म ठिकै थिए । इलामको अस्पतालमा केही साधारण उपचार गरे तर फेरी पनि हिड्न डुल्न थाले फेरी खुट्टाको समस्या बल्झियो ।

त्यस पछाडि धरानमा उपचारको लागि आए । धरानका काका काकीमा बसेर केही वर्ष उपचार गरे । धरानमा पनि दुईपटक दुर्घटनामा परे । त्यसले झन आफुलाई अपाङ्गताको चुचुरोमा पुर्यायो । त्यो सबै मेरो आफ्नै गल्ति थियो उनी भन्छन् । तर अपाङ्गता मेरो कम्जोरी थान्दिन् । यो मेरो लागि थप उर्जाको कुरा भएको छ । यसले मेरो पुरै जिवनलाई नै बदलिदिएको छ । बस एक दुर्घनाको पिडाले मलाइ सांगितिक मोडमा झन धकेल्यो र यसमा केही सफल पनि भएको छु र अझै सफलताका सिँढीहरु चढ्न बाँकि छन् । ती कोशिस अझै जारि छन् । यस्तो अवस्थामा जिउँन त सक्दिन थिए होला तर संगितले मलाई जिवन दियो यसैले सबै खुसी दियो । यो अब मेरो लागि प्राण भन्दा प्यारो बनेको छ । यसमा मलाई धेरै आनन्द हुने भएकोले यसलाई धेरै नै रुचाउँछु । अब नाँच्न हिड्डुल गर्न त सक्दिन तर मेरो आवाजलाई केहीले पनि छेक्न सक्ने छैन । सधै आफु यसैमा समर्पित रहिरहनेछु । जिन्दगीको एक भाग हो मेरो लागि संगित । धेरै निरास थिए,यो अपाङ्गताको भोगाईदेखि तर अपाङ्गताले मेरो कला र प्रतिभालाई छेक्न र रोक्न सकेन ।अहिले उनले आफ्ना थुप्रै गितहरु निकालिसकेका छन् । आठवटा उनका आफ्नै गितहरु निकालेका छन र उनले गितका भिडियोहरु पनि थुप्रै निकाले अब फेरी पनि उनको अर्को गित आईरहेको छ जसको भिडियोको छायांकन पनि भईरहेको छ । ईस्वि संवत २०१५ मा विश्वासको सागर नामकको पहिलो गित उनले लन्च गरेका थिए । यसपछि कोरियो कोरियो,किन होला,फेवाताल लगायतका गितहरु उनले निकाले । यो अवस्थामा उनले यस्ता थुपै सफलताका सिढीहरु चढ्न सफल बने । गितले खासै चर्चामा नल्याए पनि उनले आफ्नो कृति बनाएका छन् ।

आफु केही कारण यो संसारमा नरहे पनि यी मेरा गितहरुमै म सधै जिवन्त रहनेछु र मेरा भावि सन्ततिहरुका लागि एक उदाहरणीय हौसलाको स्रोत बन्नेछु । करीब ११ वर्ष यतादेखि उनी धरानको पुर्नस्थापना गृहमा आश्रित छन् । हाल उनको उपचार भईरहेको छ । उनका भाँचिएको खुट्टामा रठ लगाईएको छ । दुई बैशाखीको साहारामा हिडदुल गर्छन । उनको उपचारमा लाखौ खर्च भईसकेको छ,त्यै पनि उनको स्थिति खासै परिवर्तन छैन तर उनको उपचार हाल भईरहेको हुनाले हालसालै उनी पहिले जस्तै हिडडुल गर्न सक्दैन तर उनको उपचार सफल भएपछि फेरी पहिले जस्तै हिडडुल गर्न सम्भावना रहेको डाक्टरले बताएको उनले बताए ।

पुर्न स्थापनागृहमा बसेर उनको उपचार भईरहेको छ । गृहले हाल उनको उपचारका खर्चहरु व्योहोरी रहेको छ । उनको उपचार सफल भएपछि मात्रै उनलाई त्यस स्थापना गृहबाट घर पुर्याईने उनले बताए । उनले आफु निको हुने धेरै आशा गरेको बताउछन । निको भएपछि सांगितिक क्षेत्रलाईनै अंगाल्ने समेत उनले बताए ।  उनका आमाबुबा र दाजु गाउँ ईलाममै बसेका छन् ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे