'भाइरल जोडीले खेले म्युजिक भिडियो , सबैलाई हसाएर भुतुक्कै बनाए' (हेर्नुहोस् भिडियो सहित)

  • प्रकाशित मितिः मंसिर 27, 2076
  • 1033 पटक पढिएको
  • औजार संवाददाता

झापा । अहिलेको भाइरल बिषय ६७ बर्षिय बृद्ध र २१ बर्षिय पुजाको बिबाहको कुरा छ । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् । चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् ।

शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन । घरको अवस्था धेरै नै बिजोक रहेको छ । पुजाको पुर्ब श्रीमान बाट जन्मिएको बच्चा पनि छ । भाइरल जोडीले आज आफ्नो घरमा एक भिडियोमा अभिनय गर्ने मौका पाएका छन् ।

तल भिडियोमा हेर्नुहोला ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे