स्टेट वान आईडलको उपाधि झापाकी जस्मिनलाई

  • प्रकाशित मितिः मंसिर 26, 2076
  • 723 पटक पढिएको
  • औजार संवाददाता

धरान / रेडमुन ईन्टरटेन्मेन्ट धरान द्वारा आयोजित प्रदेश न एक स्तरिय गायन प्रतियोगिताको उपाधी झापाकी जस्मिन बरालले जितेकी छिन । बुधबार धरानको सभागृहमा आयोजित फाईनल चरणको नौ प्रतिस्पर्धिहरुलाई पछि पार्दै उनी बिजेता घोषणा भएकी हुन । बिजेता हुँदै उनले भेष्पा स्कुटी प्रथम पुरस्कार जित्न सफल भएकि छिन । त्यसैगरी प्रतियोगिताको दोस्रो उदयपुरकी शोभा तामाङ भए भने तेस्रो पाचथरका समीर महते बनेका छन । दिस्रो भएका शोभा तामाङले नगद ७० हजार र प्रमाणप,गिफ्ट हयाम्पर प्राप्त गरे भने तेस्रो भएका समीर महतेले नगद पचास हजार प्रमाणपत्र साथमा गिफ्ट हयाम्पर प्राप्त गरेका छन ।

पप्लिक चोईज एवार्ड धनकुटाका शान्ता लिम्बू र उत्कृष्ट सहभागिता एवार्ड बराहक्षेत्रका गोमा कुलुङले प्राप्त गरे । शान्ता लिम्बुलाई एकथान गितार प्रमाणपत्र र गोमा कुलुङलाई नगद १५ हजार साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उनिहरुलाई कार्यक्रमका मुख्य निर्णायक बरिष्ठ गायक दिप श्रेष्ठ,निर्णायक राम धामी,मचेन लिम्बू,गङगा राज राई र रेडमुन इन्टरटेन्मेन्टका अध्यक्ष रोशन प्रधानले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा दस प्रतिस्पर्धिहरु रहेका थिए । भोजपुरका बिजय राई,धरानका सुदेश राई,प्रिया लामा,पाचथरबाट समीर महते,डेबिट बेघा लिम्बू,धनकुटाबाट हिमाल मगर,शान्ता लिम्बु,बराहक्षेत्रबाट गोमा कुलुङ,उदयपुरबाट शोभा तामाङ र झापाबाट जस्मिन बराल रहेका थिए । बुधबार आयोजित कार्यक्रममा प्रतियोगीहरुको साथमा  हाम्रो डान्स  सेन्टरका कलाकारहरूले  नृत्य प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे