'एक दिनमै बन्छ यति राम्रो घर' (भिडियो हेर्नुहोस्)

  • प्रकाशित मितिः मंसिर 23, 2076
  • 373 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं र राजेश रुम्बा लामाको चितवनमा तामाङ ब्लक उद्योग संचालित छ । उनको तामाङ ब्लक उद्योग पुर्वी चिवनमा निकै चर्चित छ । राजेशले संचालन गरेको उद्योगले एकदिनमै घर गोठ निर्माण गरेर घरधनीलाई हस्तान्तरण समेत गर्ने गरेको छ ।

एक दिनमै घर गोठ बन्ने भएपछि उनको ब्लक उद्योगको चर्चा चुलिएको हो । राजेशले तमाङ ब्लक उद्योगको शाखा कार्यालय मकवानपुरमा समेत खोलेका छन् । निम्न आय स्रोत भएका व्यक्तिका लागि एक दिन घर गोठ निर्माण सेवा प्रभावकारी बन्दै गएको राजेश बताउछन् ।

‘घरधनीले भने अनुसार घर बनाउन थप समय लाग्न सक्छ’ राजेशले भने, ‘तर मेरो टिमले घर गोठको नमुना एक दिनमै तयार पारिदिन्छ ।’ कम्तीमा चार कोठाको घर तयार पार्नको लागि ६ लाख देखि ८ लाख सम्म खर्च लाग्ने उनले जानकारी दिए ।

तामाङ ब्लक उद्योगले निर्माण गरेको घर चालिस बर्ष सम्म टिक्ने राजेशले दाबी गरेका छन् । ‘हामीहरुले बनाएको घर भुकम्प प्रतिरोधी हुन्छ’ उनले भने, ‘७२ सालको भुकम्पले पनि हामीले बनाएको घरमा कुनै क्षती भएन ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे