नाम्जेको भ्रमणमा स्टेट वान आईडलका प्रतियोगिहरु, थुम्की होमस्टेमा सामुहिक हुर्रा नाँच र दोहोरी

  • प्रकाशित मितिः मंसिर 22, 2076
  • 551 पटक पढिएको
  • औजार संवाददाता

पुर्वको रमणीय र पर्यटकीय गन्तव्य स्थल साँगुरीगढी गाउँपालिका धनकुटामा अवस्थित नाम्जे र थुम्किको भ्रमण र अवलोकन गरेका छन् । शुक्रबार धरानबाट सुरु भएको दुईदिने भ्रमण भेडेटार थुम्कि,नाम्जे लगायतका रमणीय स्थलहरु  प्रदेश नं एक स्तरीय गायन प्रतियोगिताका अन्तिम प्रतिस्पर्धिहरुले भ्रमण एवम् अवलोकन गरेका हुन् । उनिहरुलाई अतिरित्त क्रियाकलापहरुमा सहभागिता गराउने र मनोरजन प्रदान गराउने उदेश्यले उत्त दुईदिने भ्रमण आयोजना गरिएको कार्यक्रमका प्रमुख आयोजक रेडमुन ईन्टरटेन्मेन्टका अध्यक्ष रोशन प्रधानले बताए । उनका अनुसार अन्तिम प्रतिस्पर्धिहरुको फिनाले चरण नजिकीएसंगै उनिहरुलाई आन्तरिक पर्यटन र फिनालेलाई थप प्रभावकारी बनाउन उत्त भ्रमण तथा अवलोकन कार्यक्रम आयोजना गरिएको हो । उनका अनुसार यसप्रकारको कार्यक्रम कुनै पनि प्रतियोगिताहरुले गर्ने गरेको छैन त्यसैले स्टेट वान आईडलले भने यो पहिलोपटक यस्तो कार्यक्रम गरेको उनले बताए ।

शुक्रबार प्रतियोगिहरुले सामुहिक रुपमा साँगुरीगडी गाउपालिका वडा नं छ मा रहेको थुम्की सामुदायिक होमस्टेमा एकरात बसी त्यसबारे जानकारी समेत लिएका थिए । मगर समुदायको बाहुल्यता रहेको त्यँस ठाँउमा मगर समुदायको मौलिक तथा परम्परागत नृत्य हुर्रा नाचँ निकै प्रशिद्ध रहेको छ । त्यस नृत्यमा पनि उनिहरु सम्मिलित भई नृत्य र गाउँले पारामा दोहोरी समेत गाएका थिए । नृत्यबारे उनिहरुले जानकार समेत लिए । सामुहिक रुपमा नाचिने उत्त नृत्यको मजा लिदै प्रतियोगिहरुले स्थानियबासिलाई थप मनोरञ्जन दिलाए । सबै उमेर समुहका महिला पुरुष सबैले यो नृत्य नाच्न सकिन्छ नृत्य संगै लयात्मक गित पनि गाउने गरिन्छ ।

त्यसदिन त्याँहाको मौलिक सस्कार र पाहुनाप्रतिको सत्कारलाई उनिहरुले नजिकैदेखि नियाल्न समेत पाए । त्यसको दोस्रो दिन उनिहरुले पुन त्याहाँ अवस्थित आत्माघर, निर्मानधिन जनजाति पार्क,बुद्धविहारको समेत अवलोकन गरेका थिए । अन्त्यमा भेडेटारको ऐतेहासिक गढी साँगुरीगढीको समेत अवलोकन गरी करीब दुईघण्टाको पैदल यात्राबाट शनिबार धरानमा भ्रमण समात्त गरेका थिए । अन्त्यमा प्रतियोगिहरुले भ्रमणबारे आ आफ्ना विचार र प्रतिक्रिया समेत दिएका थिए । प्रतियोगिहरुको आउदो २५ गते धरानको सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धात्मक कार्यक्रम रहने र स्टेट वान आईडल घोषणा गरिने अध्यक्ष प्रधानले जानकारी दिएका छन् ।

IMG_1959 1 IMG20191207094158 IMG20191207094156

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे