कृष्णदासलाई अदालतले दियो ४ दिनको म्याद

  • प्रकाशित मितिः मंसिर 18, 2076
  • 284 पटक पढिएको
  • औजार संवाददाता

इनरुवा । अनुयायी बलात्कारको आरोप लागेको सिद्दबाबा भनिने कृष्णदासलाई सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ । अनुसन्धानकालागि म्याद थपको माग सहित सुनसरी प्रहरीले कृष्णदासलाई जिल्ला अदालत पुर्याएको थियो ।

एम्बुलेन्समा अक्सिजन सहित अदालत पुर्याइएका कृष्णदासलाई अदालतले अस्पतालमै उपचारमा रहने गरी ४ दिनको म्याद दिएको हो ।सुनसरीका प्रहरी प्रवक्ता बिनोद शर्माले अदालतबाट ४ दिनको म्याद थप गरिएको बताए । अस्पतालमै उपचारमा रहने गरि अनुसन्धान गर्न अदालतबाट प्राप्त आदेश अनुरुप कृष्णदासलाई बिराट नर्सिङ होममा लगिने शर्माले बताए ।म्याद थप पछि संक्षिप्त प्रतिकृया जनाउदै कृष्णदासले आफुमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । सुनियोजित रुपमा आफुलाई फसाँउन केहि व्यक्ति लागिपरेको कृष्णदासको भनाई छ । न्यूज द्दद्ध बाट सार्वजनिक अडियो टेप समेत आफ्नो नभएको कृष्णदासले बताए । उनले बलात्कारको आरोप लगाउने अनुयायीलाई समेत नचिन्ने बताए ।


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्