'राजेश पायल राईले जापानबाट किन लेखे यस्तो स्टाटस्' ( पढ्नुहोस् )

  • प्रकाशित मितिः मंसिर 10, 2076
  • 332 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं र एउटा कलाकारका लागि ‘अवार्ड’ को महत्व निकै ठूलो हुन्छ । विभिन्न संघसंस्था र राज्यले प्रदान गर्ने ‘अवार्ड’ हरुले कलाकारलाई थप नयाँ काम गर्न हौसला र प्रेरणा प्रदान समेत गर्छ । कतिपय कलाकारहरुले त अवार्डका लागि ‘मरिहत्ते’ समेत गरेको देख्न–सुन्न पाइन्छ । एउटै कलाकार पटक(पटक अवार्डका लागि छानिदा नयाँले अवसर नपाउने गरेको गुनासो पनि सुन्न पाइन्छ । अन्य कला क्षेत्रमा जस्तै गीत संगीतको क्षेत्रमा पनि यस्तै अवस्था छ ।

सयौं अवार्ड र सम्मान पाइसकेका ‘राई इज किङ’ उपमा पाएका गायक राजेश पायल राईले भने अब कुनै पनि अवार्ड नलिने घोषणा गरेका छन् । सांगीतिक कार्यक्रममा दौरानमा जापानमा रहेका गायक राईले अब लाइफ टाइम अचिभमेन्ट, राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड बाहेक अन्य कुनै पनि खालका अवार्ड नलिने घोषणा गरेका छन् । नयाँ कलाकारहरुलाई पनि गीत(संगीतको क्षेत्रमा लाग्न हौसला प्रदान गर्ने अवार्डहरु प्राप्त गर्ने अवसरका लागि आफूले निजी तथा विभिन्न संघसंस्थाहरुले प्रदान गर्ने अवार्ड ग्रहण नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

हेर्नुस उनको स्टाटस :

मेरो अनुरोध ‘।
मलाई माया अनि नेपाली सगितप्रती सम्मान प्रकट गर्दै आज सम्म बिबिध एवाड बाट पुरस्कित गर्नु हुने तमाम सघ(सस्था एव व्यक्तिका साथै सम्बन्धित सबै का प्रती हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।
पुरस्कार कुनैपनि कलाकारका लागि प्रेरणा अनि उर्जा हो ।मैले प्राप्त गरेका सबै एवाडले मेरो जिवनमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेका छन ।यद्यपि मेरा ती सम्पत्ति मेरो घरमा भएको आगलागिमा परि नस्ट भएको सबैलाई बिदितै छ ।

यस्ता एवाडहरु नयाँ पुस्ताका कलाकारहरुका लागि त प्राणवायु सरहनै हुन्छन् र यसको विशेष महत्त्व उनिहरुमै हुन्छ । मलाई लाग्छ हामी कलाकारहरुका लागि दर्शक श्रोता हरुको माया,सदभावले विषेश महत्त्व राख्छ ।नयाँ कलाकारहरुलाई प्रेरित गर्न पनि हामिले उनिहरुका लागि बाटो छोडि दिनुपर्छ भने एवाडहरुको गरिमा तथा महत्त्व पनि कायम रहनु पर्छ ।यसै सन्दर्भ मा म अब देखि राज्य स्तरबाट वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एवाड बाहेक निजि वा ब्यक्तिगत रुपमा प्रदान गरिने एवाड हरु ग्रहण नगर्ने निर्णयमा पुगेको छु ।मेरो यो भावनालाई सकारात्मक रुपमा लिईदिनु हुनेछ भन्ने आषा छ ।म प्रती माया( प्रेम एव सद्भाव दर्शाउने सबै मा दर्शन नमस्ते ।१११

Note : लाईफ टाइम एचिभ्मेन्ट र सम्मान बाहेक माथी को बुदा को सम्बन्ध छैन।।

राजेश पायल राइ
हाल जापान

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे