ईशा अम्बानी : 'कम उमेरमै धनीको सूचीमा परेकी एक्लैले जोडिन् यति सम्पत्ति'

  • प्रकाशित मितिः मंसिर 6, 2076
  • 268 पटक पढिएको
  • औजार संवाददाता

रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी भारतकी सबैभन्दा व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

ईशा अम्बानी फिल्म ‘ब्याटल अफ सारागढी’ मा करण जौहरसँगै प्रोड्युशरको रुपमा देखिने भएकी हुन् । फिल्ममा अक्षय कुमारको मूख्य भूमिका रहनेछ । उनले अक्षय कुमार र करण जौहरसँगको मिटिङमा उक्त प्रोजेक्ट मन परेको बताएकी थिइन् ।

ईशा अम्बानी देशको सबैभन्दा धनि र सफल ‘बिजनेस वुमेन’ हुन् । गएको वर्ष उनको आनन्द प्रिरामलसँग विवाह भएको थियो । उनले ‘फेमिना म्यागाजिन’ को कभर पेजका लागि अहिले सम्मकै महङ्गो फोटोशुट गराएकी थिइन् । उनी ११५ मिलियन डलर सम्पत्तिकी मालिक्नी हुन् । उनले सानै उमेरमा बिजनेशमा हात हालिसकेकी छिन् ।

उनी सन् २०१५ मा फोब्र्सको सवैभन्दा कम उमेरकी धनी महिलाको सूचिमा दोस्रो नम्बरमा परेकी थिइन् । यसका साथै सन् २०१५ मा नै उनको नाम एसियाकै १२ सबैभन्दा शक्तिशाली बिजनेस वुमेनको सूचिमा परेकी थिइन् ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे