ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–५ की लाक्पाफुटी शेर्पालाई सानैदेखि प्राविधिक शिक्षा पढ्ने इच्छा थियो ।
कमजोर आर्थिक अवस्थाको परिवारसँग उनले भनेको विषय पढाउने हैसियत थिएन । गाउँकै सरस्वती च्यारिबुक माविबाट एसईई सकेकी लाक्पाफुटीले अनमीको पढाई सुरु गरेकी छन् । ‘रीड नेपाल’बाट १ लाख ३२ हजार छात्रवृत्ति पाएपछि उनको सपना साकार हुने भएको छ । ‘ज्याला मजदुरी गरेर बुबा आमाले बिहान बेलुका खानेकुरा जुटाउनुहुन्छ, बारीमा भस्मे फाँडेर लगाएको बालीले तीन महिना पनि खान पुग्दैन,’ उनले भनिन् ‘पढाई सकेर गाउँमै सेवा गर्ने सोच छ ।’ छात्रवृत्ति पाएपछि सिरिजंघा गाउँपालिका–८ की निशा गुरुङले कृषि विज्ञान पढ्ने निधो गरिन् ।
‘सानैदेखि कक्षामा प्रथम भएँ, त्यसैले सरहरुले विज्ञान पढ्नु भन्नुहुन्थ्यो,’ २ लाख १६ हजार छात्रवृत्ति पाएकी निशाले भनिन्, ‘बुबाममीको पढाउन सक्ने अवस्था थिएन, अब पढ्छु ।’ लाक्पाफुटी र निशाजस्ता विपन्न परिवारका एसईई उत्तिर्ण विद्यार्थीलाई रिड नेपालले छात्रवृत्ति दिने गरेको छ । यो कञ्चनजंघा हिमालका पहिलो आरोही जर्ज ब्याण्डद्धारा स्थापित संस्था हो । यस वर्ष ६ जनाले जर्ज ब्याण्ड मेमोरियल छात्रवृत्ति पाई प्राविधिक शिक्षा अध्ययन सुरु गरेको रीड नेपाललकी शिक्षा विकास अधिकृत रोमा मावोले बताइन् । जिल्लाका इखावु, तापेथोक, लेलेप, ओलाङचुङगोला, याम्फुदिन र खेवाङका प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति प्रदान गरिएको रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्तले बताए । यी रीड नेपालको कार्यक्षेत्रमा पर्ने गाउँ हुन् । पूर्ण, अर्ध र आंशिक तीन प्रकारको छात्रवृत्ति दिने गरिएको छ । ‘कञ्चनजंघा हिमालको काखमा रहेका यी हिमाली बस्तिमा स्वास्थ्यको धेरै समस्या छ, गाउँका कसैले पनि प्राविधिक विषय पढेका छैनन्,’ पन्तले भने,‘त्यसैले सहयोग गरेका हौं ।’
गाउँका स्वास्थ्य संस्थामा अहेव, एचए, सिएमएहरु बाहिरबाट आउने र केहि समय बसेर सरुवा मिलाएर गइहाल्ने समस्या छ । यस्तो अवस्थामा स्थानीयले अवसर पाउँदा गाउँकै लागि फाइदा हुने सिरिजंघा–८ का वडाध्यक्ष टासी लामाको भनाई छ । हालसम्म ६३ जनाले यस्तो छात्रवृत्ति उच्च शिक्षा अध्ययन गरिरहेको पन्तले बताए । रीड नेपालले ताप्लेजुङका दुर्गम गाउँमा शिक्षा सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्
धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ
धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग
Copyright © 2019 - Aujarnews.com All rights reserved