भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

  • प्रकाशित मितिः मंसिर 3, 2076
  • 605 पटक पढिएको
  • औजार संवाददाता

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यविधि आउने वित्तिकै सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताए ।
मंगलबार धरान–३ शान्तिपथमा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै नेकपाका नेता सुवेदीले धरान उपमहानगरपालिकाले सुकुम्बासीको लगत उठाइरहेको र संघिय सरकारले भूमिसुधार ऐन ल्याइसकेको भन्दै कार्यविधि आउने वित्तिकै धरानका सुकुम्बासीलाई धनीपूर्जा वितरण गरिने बताए । उनले धेरै काम सम्पन्न भएको तर कार्यविधि पारित नभएको अवस्थाले गर्दा मात्रै धनीपूर्जा वितरण रोकिएको बताए । उनले लामो प्रकृयाका सबै काम सम्पन्न भइसकेको भन्दै अब छिट्टै कार्यविधि आउने र सुकुम्बासीले धनीपूर्जा पाउनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।
चुनवी कोणसभालाई सम्बोधन गर्दै नेता सुवेदीले धरानको खानेपानीको सम्पत्ति हस्तान्तरण गर्ने काममा कांग्रेसले भाजो हालेकोले केही लम्बिएको बताए । खानेपानीको योजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा संस्थानले खानेपानी वितरण गर्दै आएको पाइपलाइनमा पानी जोड्न नपाएकोले घर घरमा पु¥याउन नसकेको बताए । उनले वडा नं. १७ र १५ मा जोडेर खानेपानी वितरण समेत भइसकेको भन्दै अन्य वडामा संस्थाका हाकिमले अड्काइराखेको आरोप लगाए ।
उनले धरान–३ मा रहेको पुरानो सब्जी बजारलाई आधुनिक बनाउन सरकारले डेढ करोड बजेट छुट्याइसकेको भन्दै आधुनिक सब्जी बजार बनाइने बताए । त्यस्तै नेपालमा नै पहिलो पटक स्मार्ट बसपार्क बन्ने जसमा अण्डरग्राउण्ड सहित बहुतले बसपार्कको निर्माण हुने सुवेदीले बताए ।

 


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग