पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

  • प्रकाशित मितिः मंसिर 2, 2076
  • 149 पटक पढिएको
  • औजार संवाददाता

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्कालीन अवस्थामा पार्टीको सेटिङका कारण अलपत्र भएको बताए छन । उम्मेदवार इस्बोले धरान १५ त्रीबेणी चोकमा कोणसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै उक्त कुरा बताएका हुन । तत्कालीन अवस्था गोर्खा भुपुले सैनिक भवनमा धरानको खानेपानीको लागि भनेर सुझाब बैठक बसेको स्मरण गराएका थिए । सो बैठकले बर्तमाण भुमिगत पानीको बिकल्प सप्तकोशिको पानी ल्याउनुपर्ने सुझाब दिएको उनले बताए । भुमिगत पानी नै ल्याउने भए नाडाबाट पचास फिट जमिन खन्दा दिगो पानी हुने सुझाब समेत दिएको उनले बताए । तर यसरी सुझाब दिइँदा पनि बेवास्ता गर्दै पार्टीको सेटिङमा लागेर अहिले अलपत्र पारेको उनले आरोप लगाएका छन् ।

सप्तकोशिको पानी ल्याउदा हालको बजेटले धरानमा खानेपानी ल्याएर पनि सेउती सर्दुमा तटबन्धको लागि पुग्ने बिज्ञसंगको परामर्शले देखाएको बताए । तत्कालिन एमालेको सेटिङ कै कारण चारकोसे जंगलबाट पानी निकाल्ने भएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको बताए । सर्वसाधारणको सुझाबलाई नमान्दा खानेपानी समस्या जस्ताका त्यस्तै रहेको बताए । धरान १४ बुद्धिजिबिले समेत अब नेकपाको ३० वर्ष शासनबाट मुक्त हुन चाहेकोले अब धरानमा कम्युनिस्ट हराउनुको बिकल्प नभएको आफुलाई आश्वस्त बनाएको बताए ।

पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै हरि राईले त्रिवेणी चोकमा आएर लाज नलागी यहाँको सडक निर्माण गरेको भन्दा आफुलाई सह्य नभएको बताए । आज आफुले बोल्नैपर्ने बाध्य बनाएको उनले बताएका थिए । त्यहाँको सडक ड्रेन बनाउनको लागि उपभोक्ताहरुले ९० प्रतिशत बजेट उठाएर बनाएको उनले बताए । तर नेकपाले भने अनावश्यक भ्रम फैलाई जनतालाई झुक्याउने काम गरेको समेत उनले आरोप लगाएका छन् । अबका दिनमा सक्रिय रुपमा समाजवादिमा लागेर धरान १५ सहित नगरको बिकासको लागि निरन्तर लागिपर्ने उनले प्रतिबद्ध जनाएका थिए । उनले समाजवादिका उम्मेदवार गजेन्द्र इस्बोलाई हातमा छाप लगाई बिजय गराउन टोलबासिलाई आग्रह समेत गरेका थिए ।

याम्फु स्वायत्त क्षेत्रका अभियन्ता नन्दा याम्फुले धरानमा ऐतिहासिक दरबारमा ट्याङ्की बनाउन हुन्न भन्दा तत्कालिन मेयर तारा सुब्बाले लाठी बर्षाएको भन्दै उहाको देहावसान भएको छ तर पनि ट्याङ्की बनाउन नहुने भन्नेमा भने जित भएको बताए । सडक बाटो बनाउदैमा बिकास नहुने भन्दै भाषा संस्कार समेतको बिकास हुनुपर्ने भएकोले नै आफु पनि यस पार्टीमा लागेको स्पष्ट पारे । अबको निकास समाजवदीले मात्र गर्ने भन्दै उम्मेदवार गजेन्द्र इस्बोलाई हान चिन्हमा भोट दिन आग्रह गरे । कोणसभा अघि बगरकोटको प्रचारप्रसार संपर्क कार्यालय समेत उद्घाटन गरिएको थियो र उम्मेदवार ईस्बोलाई स्थानिय बासिन्दाले फुलमालाले स्वागत गरेका थिए ।

सोही कार्यक्रममा नेकपा र काङ्ग्रेसमा आस्था राख्ने जम्मा २५ जना समाजवादीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा विश्वहाङ राई,गणेश बिश्वकर्मा,दिपक बिश्वकर्मा,भिमबहादुर राई,खड्गबहादुर सार्की,रामकुमार गजमेर, ॐ सुवेदी,भक्तबहादुर लिम्बू,चन्द्रबहादुर राई,गौतम लिम्बू,रामबहादुर पर्वलामिछाने,लाक्पा शेर्पा,राजन बिश्वकर्मा,अनिल परियार,बिन्द्रमान राई,लेखनाथ बराईली,इन्द्र मगर,रेनुका तामाङ,चित्रकला लिम्बू,राजन मुदेल,बिमला लिम्बू,भिम तामाङ,अर्जुन बराईली,सिहबहादुर लिम्बी,कमला बिश्वकर्मा रहेका छन् । उनिहरुलाई उम्मेदवार गजेन्द्र,केन्द्रिय सदस्य भिम राईले फुलमाला अबिरले स्वागत गरि पार्टी प्रवेश गराएका थिए ।

 


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग