पाथिभरा जव लिंकको सेवा अब धरानबाट पनि

  • प्रकाशित मितिः मंसिर 2, 2076
  • 228 पटक पढिएको
  • औजार संवाददाता

 पाथिभरा जब लिंक प्रालिले आफनो कार्यक्षेत्र बिस्तार गर्ने क्रममा सुनसरीको धरानबाट पनि सम्पर्क कार्यालय स्थापना गरेको छ । जब लिंकले सोमबार धरानमा एक कार्यक्रमका बिच उक्त कार्यालयको सभारम्भ गरेको हो । इटहरीमा मुख्य कार्यालय रहेको प्रालिे सेवा बिस्तार गर्ने क्रममा धरानमा कार्यालय स्थापना गरेको प्रालिका प्रबन्ध निर्देषक एवम अध्यक्ष पवन अधिकारीले बताए ।

उक्त कार्याक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका नि बर्तमान अध्यक्ष केशब घिमिरे,महासंघका उपाध्यक्ष शन्तोष काफले लगायतले बोलेका थिए । उक्त कार्याक्रममा जव लिंकका धरान प्रमुख प्रकाश लकान्द्रिले धरानमा जब लिंक खोलिए संगै बेरोजगारी समस्या समाधानका लागि कोशेढुगा साबित हुने बताए । उनले धरानमा क्षेत्रमा रहेको बिभिन्न संघ सस्थाहरुलाई जब लिंकको स्थापना पश्चात कर्मचारी ब्यावस्थापनको समस्याबाट उन्मुक्ती पाउने बिश्वास समेत गरेका छन ।

जव लिंकले कर्मचारीलाई रोजगार प्रदान गरेपछि ५ लाखको निशुल्क दुर्घटना बिमा समेत गरिदिने गरेको कारण पनि पछिल्लो समयमा यस प्रति क्रेज बढदै गएको देखिन्छ । इटहरीमा मुख्य कार्यालय रहेपनि यहाबाट प्रदेश नम्बर १ का सुनसरी,मोरगं,झापा,इलाम,भोजपुर,धनकुटा संखुवाभसा लगायत २ नम्बर पं्रदेशको जनकपुर सम्म पनि आफनो सेवा प्रदान गर्दे आएको जनाएको छ ।
साथमा तस्बिर समेत छ ।


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग