आफूलाई अल्छी भन्ने बालक संसारकै कान्छा - ग्राजुएट (हेर्नुहोस भिडीयो सहित)

  • प्रकाशित मितिः मंसिर 2, 2076
  • 186 पटक पढिएको
  • औजार संवाददाता

उनी कुनै बाजा बजाउँदैनन्। न चेस खेल्छन्। न अरू खेलकुदमा उनलाई रूचि छ। बरू फोर्टनाइट र माइनक्राफ्ट अनलाइन खेल खेल्न ‍औधी मनपराउँछन्। नेटफ्लिक्स हेर्न भनेपछि हुरुक्कै।

आफूलाई अल्छीु भन्ने लरेन्ट साइमन्स आगामी डिसेम्बरमा विश्वविद्यालयबाट ग्राजुएटु हुँदैछन्। द न्यूयोर्क टाइम्सका अनुसार उनले तीन वर्षको पाठ्यक्रम १० महिनामै पूरा गर्ने भएका हुन्। के अचम्म भयो र भन्ने सोच्दै हुनुहुन्छ भने लरेन्टको उमेरले तपाईंलाई छक्क पारिदिनेछ।

नेदरल्यान्ड्सको इन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजीमा इलेक्ट्रिक इञ्जनियरिङमा स्नातक तह पढ्दै गरेका लरेन्ट मात्र ९ वर्षका हुन्।

बेल्जियममा जन्मेका लरेन्टको डिसेम्बरमा पढाइ सकिएलगत्तै विश्वविद्यालयबाट ग्राजुएट हुने संसारकै कम उमेरका व्यक्ति हुँदैछन्।

आफूलाई अल्छी भन्ने लरेन्टलाई शिक्षक र अरू मान्छेले जिनियसु भन्छन्।

कम उमेरमै तीक्ष्ण क्षमता भएकाहरूलाई हेर्ने नजरिया बेग्लै छ, लरेन्टका बुबा अलेक्जेन्डरको भनाइ उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।

lorr

हुन पनि कलिला नानीबाबु कुनै विधामा पोख्त भएको देख्दा संसारलाई अचम्म लाग्छ नै। सन् १७५६ मा अस्ट्रियामा जन्मेका संगीतकार वुल्फग्याङ अमाडस मोजार्टले पाँच वर्षको हुँदै आफ्नो संगीत सिर्जना गरेका थिए। चर्चित चित्रकार पिकासोले पहिलो पेन्टिङ बनाउँदा उनी ९ वर्षका थिए। कम उमेरमै अद्भूत क्षमता भएका यी दुवै हस्तीलाई आजसम्म पनि संसारभर सरहाना गरिन्छ। भविष्यले पनि उनीहरूको नाम भुल्नेछैन।

लरेन्ट पनि यस्तै केही लक्षण बोकेका प्रतिभाशाली बालक हुन्। आठ वर्षको उमेरमै विश्वविद्यालय भर्ना भएका उनी मस्तिष्क सम्बन्धी प्रोजेक्टमा काम गर्दैछन्। सबै काम ठिकठाक भयो भने डिसेम्बरमा उनी ग्राजुएट हुने संसारकै कान्छा व्यक्ति हुनेछन्।

त्यसपछि म मेडिसिन पढ्न चाहन्छु, लरेन्ट भन्छन्, विद्यावारिधि गरेर कृत्रिम मानव अंगहरू बनाउन चाहन्छु। विशेषगरी मुटु।

लरेन्ट पढ्ने विश्वविद्यालयका प्राध्यापकहरू उनको खुबी देखेर तीन छक छन्।

लरेन्टको बुझ्ने क्षमता एकदमै धेरै छ। यसको अर्थ कुनै पनि कुरा उसले एकदमै चाँडो टिप्छ भन्ने हो र छोटो समयमै उसले धेरै सिक्न सक्छ, विश्वविद्यालयका प्राध्यापक र लरेन्टका मेन्टरु पिटर बाल्टसले भनेका छन्, लरेन्टसँगको समय विशेष र रोचक भएको छ।

९ वर्षमै यति ठूलो लक्ष्य बोकेका लरेन्टका बारेमा केही जानकारी पक्कै रोचक हुनेछ।

उनी आफ्ना हजुरबुबा(आमासँग बेल्जियममै हुर्केका हुन्। चार वर्षको उमेरमा प्राथमिक स्कुल गएका उनी ६ वर्षमा उच्च शिक्षा पढ्न भर्ना भइसकेका उनका बुबा अलेक्जेन्डर बताउँछन्। लरेन्ट अहिले आफ्ना आमाबुबासँग एम्सटरड्याम, नेदरल्यान्ड्स बस्छन्।

अलेक्जेन्डरका अनुसार लरेन्ट घरमा हुँदा सामान्य बालकझैं भिडिओ गेम र स्मार्टफोनमै रमाउँथे। कहिलेकाँही उनीहरू पौडी खेल्न जान्थे। लरेन्टलाई ब्ल्याकलिस्टुजस्ता टिभी श्रृंखला हेर्न मनपर्थ्यो। अलेक्जेन्डरका अनुसार लरेन्टको आइक्यु १४५ छ। जानकारीका लागि, अल्बर्ट आइन्सटाइन र स्टेफन हकिङको आइक्यु १६० थियो।

उसका हजुरबुबा-आमाले ऊ एकदमै विशेष छ भनेर हामीलाई भन्नुभयो, अलेक्जेन्डरले आफ्ना छोराबारे भनेका छन्, हामीले सुरूमा उहाँहरू यसमा चाहिनेभन्दा बढी गम्भीर भएजस्तो लागेको थियो।

lor

यलकलरेन्ट साइमन्स आफ्ना आमाबुबासँग।
तर अहिले अलेक्जेन्डर र उनकी श्रीमती नै लरेन्टबारे गम्भीर छन्। उनलाई सेलेब्रेटी बनाउन सघाइरहेका छन्। उनको पत्रकार सम्मेलन र अन्तर्वार्ताका लागि व्यवस्थापन गर्छन्।

कम उमेरमै चर्चा पाउने व्यक्ति अहिले सामाजिक सञ्जालबाट टाढा रहन कसरी सक्लारु लरेन्टको इन्स्टाग्राम छ जसमा १३ हजार बढी फलोअर छन्। यसमा भएका थुप्रै फोटामध्ये एकमा उनी टिभी अन्तर्वार्ता दिने तयारीमा देखिन्छन् भने अर्कोमा बेल्जियमका पूर्वप्रधानमन्त्री हर्मन भ्यान रोम्पुसँग देखिएका छन्। लरेन्टको इन्स्टाग्राम उनका आमाबुबाले व्यवस्थापन गर्छन्।

लरेन्ट आफ्नो थप अध्ययन अमेरिकामा गर्न चाहन्छन्। कुन विश्वविद्यालय भन्ने चाहिँ गोप्य रहेको उनका बुबा अलेक्जेन्डरले बताए।

हामी उसलाई आधा समय युरोप र आधा अमेरिकामा पढाउन चाहन्छौं, पेसाले दन्त चिकित्सक अलेक्जेन्डरले भनेका छन्, ताकि ऊ हामीबाट धेरै टाढा नरहोस्।

लरेन्ट सामान्य बालकझैं बोल्ने र व्यवहार गर्ने भए पनि उनी आफ्नो उद्देश्य राम्ररी व्याख्या गर्न सक्छन्। कृत्रिम मुटु बनाउने लक्ष्य उनले आफ्नो किशोरावस्थामा पूरा गर्ने बताएका छन्।

उनलाई हुर्काउने हजुरबुबा-आमालाई मुटुको समस्या भएकाले आफ्नो ध्याउन्न यसमै रहेको उनी बताउँछन्।

म उहाँहरू जस्ता मान्छेको मद्दत गर्न चाहन्छु, ९ वर्षीय लरेन्टले भनेका छन्।

(न्यूयोर्क टाइम्सको सहयोगमा तयार पारिएको)

-एजेन्सी


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग