साइबर अपराधमा ६ हजार उजुरी, '९० प्रतिशत फेसबुक दुरुपयोगबाट'

  • प्रकाशित मितिः मंसिर 2, 2076
  • 195 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं- उनी काठमाडौंमा बसेर कोरियाली भाषा परीक्षा तयारीमा थिइन्। परीक्षा नजिकिँदै थियो। केही समयका लागि सामाजिक सञ्जालबाट टाढै थिइन् उनी।

उनलाई एकजना आफन्तको फोन आयोे। फेसबुक म्यासेन्जरबाट जे पायो त्यही किन पठाएको भनेर ती आफन्तले गाली गरे। त्यो सुनेर उनी अक्कनबक्क परिन्। आफूले केही दिनदेखि फेसबुक नचलाएको जबाफ फर्काइन्।

लगत्तै आफ्नो फेसबुक खोल्न खोजिन् तर, पासवर्ड मिलेन भन्ने जानकारी आयो। त्यसपछि उनलाई आफन्त, चिनजानका मान्छेबाट फोन आइरह्यो। सबैको एउटै प्रश्न थियो, ‘म्यासेन्जरमा जे पायो त्यही म्यासेज, तस्बिर किन पठाएकोरु’

फेसबुक म्यासेन्जरबाट अश्लील तस्बिर र अनावश्यक म्यासेज गएका थिए। उनलाई निकै तनाव भयो।

समस्या लिएर उनी महानगरीय अपराध महाशाखा टेकुमा पुगिन्। बुटवलका रामकृष्ण चौधरीले उनको फेसबुक ह्याक गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। प्रहरीलाई त्यो कुरा पत्ता लगाउन र चौधरीलाई पक्राउ गर्न एक साता लाग्यो। ‘एक हप्तासम्म त मैले न राम्रोसँग खाना खाएँ न त सुतेँ’, पीडित महिलाले भनिन्, ‘मानसिक रूपमा यति तनाव झेल्नुपर्यो कि भनेर साध्यै छैन।’

उनी अझै तनावमा छिन्। चौधरीविरुद्ध प्रहरीले साइबर अपराधअन्तर्गत मुद्दा चलाएको छ। ती युवती कोरिया जाने दिन नजिकिँदै छ। मुद्दा विचाराधीन छ। चौधरीलाई काठमाडौं जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ। कोरिया जानुपूर्व मुद्दा फैसला हुँदैन कि भन्ने चिन्ता छ उनलाई।

काठमाडौंकी एक युवती र गोरखाका दिनेश रानामगर फेसबुकमा साथी बने। उनीहरूबीच अन्तरंग कुरा हुन थाले। दिनेशले बिहेको प्रस्ताव राखे।

युवतीले सहजै स्वीकार गरिन्। भेट गरे। शारीरिक सम्पर्क पनि राखे। दिनेशले त्यसको भिडियो खिचे। विवाहको प्रलोभन देखाएर खिचिएको अश्लील भिडियोलाई दिनेशले दुरुपयोग गर्न थाले।

उक्त भिडियो युवती र उनका आफन्तलाई पठाएर चरित्रहत्या गरेपछि युवती न्याय खोज्दै प्रहरीको शरणमा पुगिन्। प्रहरीले दिनेशलाई पक्राउ गरेर साइबर अपराधअन्तर्गत मुद्दा चलाएको छ।

यी दुई त उदाहरण मात्र हुन्। प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग हुन थालेपछि साइबर अपराधका घटना बढेका छन्। यद्यपि अधिकांश उजुरी मेलमिलापमै टुंगिने गरेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो चार वर्ष अवधिमा साइबर अपराधसम्बन्धी करिब ६ हजार उजुरी दर्र्ता भएका छन्। तीमध्ये मुद्दा भने थोरै मात्र चलेका छन्। जिल्ला अदालत काठमाडौंको तथ्यांकअनुसार वर्षमा साइबर अपराधमा ५०–६० वटा मात्र मुद्दा चलेका छन्। साइबर अपराधमा ९० प्रतिशतभन्दा बढी घटना सामाजिक सञ्जाल फेसबुकबाट भएको प्रहरीको तथ्यांकले देखाएको छ।

काठमाडौं जिल्ला अदालतमा मात्र साइबरसम्बन्धी मुद्दा दर्ता हुन्छ। काठमाडौं उपत्यकाबाहिरको हकमा सीआईबी र उपत्यकाको हकमा

महानगरीय प्रहरी अपराध महाशाखाले साइबरसम्बन्धी अपराध अनुसन्धान गर्छ।

साइबर अपराधबाट पीडित हुनेमा अधिकांश महिला छन्। पुरुष पीडितको संख्या थोरै छ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीका अनुसार फेसबुक आइडी ह्याक गरेर अश्लील फोटो, भिडियो आफन्तलाई पठाउने, गोप्य म्यासेज सार्वजनिक गर्ने कार्यबाट महिला पीडित छन्।

‘कसैकसैले सहमतिमा शारीरिक सम्बन्ध राखेको फोटो, भिडियोहरु खिच्ने र पछि त्यसैलाई बार्गेनिङको माध्यम बनाउने गरेको पाइयो’, डाँगीले भने, ‘कतिपय महिला त मानसिक यातना सहन नसकी आत्महत्या गर्ने सोचसम्म पुगेका भेटिए।’

पुरुष भने भाइबर, इमो, ह्वाट्स एप जस्ता सामाजिक सञ्जालका माध्यमबाट बढी ठगिने गरेका छन्। यसबाट महिला पनि पीडित छन्। चिट्ठा परेको प्रलोभन देखाएर बाहिरी मुलुकबाट पैसा माग्नेबाट थुपै्र मानिस ठगिने गरेका छन्।

‘सबैको हातहातमा मोबाइल फोन र इन्टरनेटको पहुँच पुग्यो तर, त्यसलाई दुरुपयोग हुँदा आइपर्ने जोखिमबारे ज्ञान नहुँदा आपराधिक क्रियाकलाप बढेको छ’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले भने, ‘यसबाट पीडित र पीडिक दुवै १८–३० उमेर समूहका अत्यधिक छन्।’

सूचना प्रविधिसम्बन्धी अपराधको कुनै सीमा नहुने भएकाले अनुसन्धान प्रक्रिया झन्झटिलो हुने गरेको छ। सामाजिक सञ्जालसँग सरकारको कुनै सम्झौता नहुँदा अपराध अनुसन्धानमा केही अप्ठेरो भइरहेको प्रहरीले जनाएको छ। नम्बर नदेखिएको फोन आयो, चिट्ठा पर्यो, जिमेलको पासर्वड चेन्ज गर्न भनेर म्यासेज आयो भने त्यसबाट सजग हुनुपर्ने सुझाव ढकालको छ।

साइबर अपराधका मुद्दा काठमाडौं जिल्ला अदालतमा मात्र चल्ने भएकाले पीडितले छिटोछरितो न्याय पाउने अवस्था छैन। सूचना प्रविधिमा भइरहेको तीव्र विकाससँगै साइबर अपराधका घटना वृद्धि हुँदा अदालतमा मुद्दाको संख्यासमेत बढेको छ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले अदालतमा मुद्दाको बढ्दो चापले गर्दा न्याय निरुपणमा ढिलाइ भइरहेको बताए। पीडितलाई चाँडो न्याय दिलाउन सूचना प्रविधिका क्षेत्रमा विशेषज्ञता हासिल गरेका न्यायाधीश हुनु जरुरी रहेको श्रेष्ठले औँल्याए।

-एजेन्सी

 


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग