पानस सहकारी संस्थाको दशौ साधारण सभा सम्पन्न

  • प्रकाशित मितिः मंसिर 2, 2076
  • 433 पटक पढिएको
  • औजार संवाददाता

पानस बचत तथा ऋण सहकारी संस्था लि. को दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । धरान स्थिति पुरानो बजार(चिँनिया चोक) झिँगु समाजको सभाहलमा शनिबार सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष उमेश पौडेलका अध्यक्षतामा सम्पन्न भएको थियो भने अतिथिमा क्रमशः निवर्तमान अध्यक्ष विक्रम गोविंद श्रेष्ठ, बरिष्ठ सल्लाहकार दिवनलाल श्रेष्ठ, धातु व्यवसायका पुर्व अध्यक्ष तथा बरिष्ठ सल्लाहकार प्रितम प्र.श्रेष्ठ लाईन्स क्लब अफ बिजयपुरका अध्यक्ष सुजता श्रेष्ठ लगायत खस समाजका उपाध्यक्ष कुल बहादुर कार्की को समेत उपस्थित थियो । अध्यक्ष उमेश पौडेलका अनुसार एक  लाख ३६ हजार शेयर पुजिँबाट संञ्चालन गरिएको सस्थाकाे  हाल ४६ लाख ९९ सय हजार पाँच सय शेयर पुजिँ रहेको उनले बताएका छन् ।

दश वर्षको लामो दौरानमा यो संस्थाले  रु २ लाख ५४ हजार ४ सय ४० रुपैया सस्थालाई घाटा भएको तर यसपटक सम्पुर्ण घाटापुर्ति गर्दे आएको उनले जानकारी गराए । यसपटकका भने कुल नाफा ४६ लाख ९९ सय हजार ५ सय आम्दानि रहको संस्थाका व्यवस्थापक मनोज शाक्यले बताए । हाल  शेयर सदस्य र बचतकर्ता गरी जम्मा ६३६,सञ्चालक समिति ९ जना, कर्मचारी चारजना,रहेको अध्यक्ष उमेश पौडेलले बताए ।  अन्य सहकारी संस्था भन्दा यस सहकारी संस्था मुल्य मान्यता र मापदण्ड बमोजिम सबैलाई  सम्मान गर्दै अघि बढेको र यसपटक नाफामा कदम चालेको उनले  बताए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता गंगादेवी श्रेष्ठ,उत्कृष्ट श्रmृणी आशिष श्रेष्ठ, र उत्कृष्ट बजार प्रतिनिधि अम्बिका श्रेष्ठलाई पुरस्कृत समेत गरिएको थियो ।


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्