धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

  • प्रकाशित मितिः मंसिर 2, 2076
  • 469 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।
वडाको मङलवारे चौकमा राईलाई पञ्चेबाजा सहित फुलमाला लगाएर वडाबासीले स्वागत गरेका थिए । वडाको शान्तिचौक, हङकङ रोड, कल्याण चौक जस्ता टोलमा रई मत माग्न घर–घर पुगेका थिए ।

धरानको माटोमा हुर्केका धराने ढिटो तिलक राईलाई जितकालागि शुभकामना सहित टोलमा स्वागत गरिएको स्थानिय धनसेर राईले बताए । धनसेर राईले तिलकलाई आशिर्वाद समेत दिएका थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक मेयर पदकालागि उम्मेदवारी दिएका तिलक राईले यस अगाडिको चुनावमा यस्तो स्वागत नपाएको बताए ।
उनले भने धरानका सबै वडामा भव्य स्वागत पाई रहेको छु । धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क रहेको समेत बताए । उनलाई धरानवासीसंग मतमाग्न भ्याइ नभ्याइछ । धरानलाई विकाश र निकास दिने असल नेताको धरानमाअभाव खड्किरहदा कांग्रेसका तिलक राई आफु धराने जनतालाई समृद्धि उन्मुख लैजान सारथि बन्न तयार र सक्षम रहेको बताउदै आइरहेका छन ।


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग