भिडियोमा हेर्नुहोस् : 'ठमेलको नाइट क्लबमा पूर्व राजा र हिमानीको डान्स'

  • प्रकाशित मितिः मंसिर 2, 2076
  • 1571 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको ना’इट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रि’ङ्क्स ९एल ओडी० पुगेका हुन् । प्रायः युवाहरु मात्र पुग्ने एल ओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्य चकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए । शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स ९एलओडी० मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब म’स्ती गरेको भिडियो सार्वजनिक भएको छ।

नाइट क्लबमा पुगेर शाहले विदेशी र स्वदेशी ग्राहकसँगसँगै नाचगानमा सहभागी भए। शाहले नाचकै क्रममा आफ्नो लगाएको कोट पनि फुकाल्न पुगेका थिए । पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी थिइन्। शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारी लगायतका नायिका पनि क्लबमा देखिएका थिए। भिडीयो यहाँ लिंकमा छ

-एजेन्सी


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्