महिलासँग आपतीजनक अवस्थामा बिराटनगरबाट पक्राउ परेका न्यायधिश वर्खास्त

  • प्रकाशित मितिः कार्तिक 25, 2076
  • 388 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । विराटनगर बसपार्कस्थित एक होटलबाट पक्राउ परेका भारतका तीन जना न्यायाधीश बर्खास्त भएका छन् । ६ वर्षअघि बसपार्कमा रहेको मेट्रो गेस्टहासबाट महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका उनीहरु बर्खास्त भएका हुन् ।

वि.स.२०६९ साल माघ १३ गते नेपाल प्रहरीले भारत बिहारको तल्लो अदालतका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्तालाई पक्राउ गरेको थियो । भारतको सर्वाेच्च अदालतले शुक्रबार सन् २०१३ को घटनाको आधारमा तीनै जनालाई बर्खास्त गर्न बिहार सरकारलाई अनुमति दिएको हो ।

तीन जना न्यायाधीशलाई २०६९ साल माघ १३ गते प्रहरीले पक्राउ गरेको केही समयपछि छाडेको थियो । पक्राउ परेलगतै छुटेपछि स्थानीय मिडियामा समाचार प्रकाशित भएको थियो । सोही समाचारका आधारमा पट्नाको उच्च न्यायालयले निलम्बन गरी छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो ।

सोही क्रममा कल ट्रेस गर्दा तीनजनाकै लोकेशन एकै स्थानमा देखिएको थियो । माघ १३ गते पक्राउ परेका न्यायाधीशहरु भोलिपल्ट मात्र भारत पुगेका थिए ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए