बुढासुब्बा प्रमोशन कप: भाेलीदेखि एन्फा टेक्निकल सेन्टर धरानमा

  • प्रकाशित मितिः कार्तिक 22, 2076
  • 273 पटक पढिएको
  • औजार संवाददाता

धरान । बुढासुब्बा रेडबुल गोल्डकपको प्रबद्र्धधनका निम्ति प्रत्येक वर्ष हुँदै आएको प्रबद्र्धन कप फुटबल प्रतियोगिता यही भाेलीदेखि हुने भएको छ ।
आज हुने उद्घाटन खेलमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि धरान र बैंकर्स एशोसिएसन धरानबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । चौथो प्रबद्र्धन कपमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि धरान, बैंकर्स एशोसिएसन धरान, धरान उपमहानगपालिका, प्याब्सन एनप्याब्सन धरान, होटल एशोसिएन धरान, यातायात व्यवसायी धरान, उद्योग वाणिज्य संघ सुनसरी र पत्रकार महासंघ सुनसरी गरी ८ टिमको सहभागीता रहेको छ ।
यही मंसिर १९ गतेदेखि हुने २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको प्रबद्र्धन गर्ने उद्देश्यले एन्फा टेक्निकल सेन्टर धरान–१७ को खेल मैदानमा हुने बुढासुब्बा रेडबुल गोल्डकप प्रबद्र्धन कप हुने भएको हो । प्रबद्र्धधन कप विजेता टिमले ३० हजार नगद र उपविजेता टिमले १५ हजार नगद पुरस्कार जित्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए ।
उनका अनुसार प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार र विधागत उत्कृट खेलाडीलाई जनही २ हजारका दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा बेष्ट स्ट्राइकर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट मिडफिल्डलाई पुरस्कृत गरिनेछ । गतवर्ष धरान उपमहानगरपालिकाको टिमले पत्रकार महासंघ सुनसरीलाई फाइनलमा पराजित गर्दै प्रबद्र्धन कपको उपाधि जितेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षदेखि मोफशलमा आयोजना हुने प्रतियोगिताहरुकोलागि नियमावली बनाएर प्रतियोगिता अयोजना गर्ने मिति तोकिदिएपछि बुढासुब्बा गोल्डकप मंसिरमा हुन लागेको हो । एन्फाले क्यालेण्डर सार्वजनिक गरेसँगै गोल्डकपको आयोजनाको तयारीमा धरान फुटबल क्लब लागिसकेको क्लबका महासचिव प्रताप तामाङले बताएका छन् । २२ औं गोल्डकप आयोजनाकोलागि धरान फुटबल क्लबले विभिन्न उप–समितिहरु पनि गठन गरिसकेको छ ।

sss


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।